४ पुस २०८२, शुक्रबार | December 20, 2025

चिकित्सक कुटपिट गर्नेमाथि अनुसन्धान गर्न तीन दिन म्याद थप



बागमती । हेटौँडा रहेको सञ्चो अस्पतालका चिकित्सकमाथि अस्पताल हाताभित्रै कुटपिटमा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनामाथि जिल्ला अदालतबाट अनुसन्धान गर्न आज तीन दिनको म्याद थप गरिएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको प्रहरी हिरासतमा राखी अनुसन्धान गरिने छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सञ्चो अस्पतालका चिकित्सकद्वय डा विकास थापा र डा प्रशान्त विडारीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानमाथि अनुसन्धान गर्नका लागि सो अदालतबाट म्याद थप गरिएको जानकारी दिइएको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले पीडित चिकित्सकले दिएको जानकारी र सिसि क्यमेराका आधारमा पक्राउ परेकामाथि अनुसन्धान र कारवाही हुने बताइन ।

घटना विवरणअनुसार गत साउन २५ गते डेङ्गु रोगबाट सङ्क्रमित हेटौंडा–१२ का राजेश प्रधानको मृत्युको विषयलाई लिएर आक्रोशित मृतक प्रधानका आफन्तले चिकित्सकद्वय डा थापा र विडारीमाथि बुधबार हातपात तथा कुटपिट गरेका थिए ।

सञ्चो अस्पतालमा उपचार गराइरहेका डेङ्गु सङ्क्रमित राजेश प्रधानको उपचार सम्भव नभएपछि चितवन मेडिकल कलेजमा रिफर गरिएको र त्यहीँ उपचारका क्रममा मृत्यु भएका कारणले निजका आफन्तले चिकित्समाथि आक्रमण गरेका थिए ।

चिकित्सकमाथि भएको कुटपिटको विरोधमा आज हेटौंडामा रहेका सरकारी, निजी तथा क्लिनिकका चिकित्सकले आकस्मिक सेवाबाहेक उपचारका सबै सेवा ठप्प पारेका छन् । डा थापा सञ्चो अस्पतालका जनरल फिजिसियन हुन् भने डा विडारी हेटाँैडा अस्पतालका एनएस्थेसिया विभागमा कार्यरत छन् ।

यसैबीच कुटपिट गर्नेमाथि कारवाहीको माग गर्दै हेटौंडा अस्पतालका ७८ चिकित्सकले सामूहिकरूपमा सो अस्पतालका सुपरिटेन्डेन्ट डा रामचन्द्र न्यौपानेसमक्ष लिखित राजीनामासमेत दिएको डा न्यौपानेले बताए ।

प्रकाशित मिति : २९ भदौ २०८०, शुक्रबार  ८ : २६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको