रौतहट। प्रहरी हिरासतमा रहेका ट्रक चालकलाई नियन्त्रणमा लिइ मरासन्न हुने गरी कुटपिट भएको घटना सार्वजनिक भएको छ ।
ईप्रका विजयपुरको प्रहरी हिरासतमा रहेका ट्रक चालकलाई प्रहरी हिरासतवाट बाहिर निकाली निघार्त कुटपिट गरिएको हो ।
फतुवा विजयपुर नगरपालिका घुसुकपुर निवासी उमेश कुमार यादवको ट्रकको ठक्करबाट सन्तपुर चौक मृत्यु भएपछि पक्राउ परेका ट्रक चालकलाई निर्घात कुटपिट गरिएको हो ।
दुर्घटना परी निधनप्रति भएका प्रति सो क्षेत्रका प्रतिनिधिसभा सदस्य प्रभु साहले दुःख व्यक्त गरेका छन् । साहले विजयपुरको प्रहरी हिरासतमा रहेका ट्रक चालकलाई हिरासतबाट बलजब्ती बाहिर निकाली जंगलराजको शैलीमा निर्मम कुटपिटको निन्दा गरेका छन् ।
उनले सो घटनामा संलग्न अपराधीहरुलाई यथाशीघ्र कानुनको दायरामा ल्याउन स्थानीय प्रशासनसहित नेपाल सरकारसंग जोडदार मागसमेत गरेका छन् ।


















प्रतिक्रिया