९ चैत्र २०८२, सोमबार | March 23, 2026

आज अटवारी पर्व : थारु समुदायको डगौरा-चौधरी समुदायले धुमधामकासाथ मनाउँदै



नेपालगन्ज । तराई क्षेत्रमा बसोवास गर्ने थारु समुदायको चौधरी–डगौरा समुदायले आज ‘अटवारी’ पर्व मनाइ रहेका छन् ।

आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वको रुपमा लिइने ‘अटवारी’ पर्व खास गरी सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुरसहित दाङ, बाँके र बर्दियामा बसोवास गर्ने चौधरी डगौरा समुदाय निकै उत्साहपूर्वक मनाउने गर्दछन् ।

यो समुदायमा आइतबारलाई ‘अटवार’ ले चिनिन्छ । यसकारणा आज (आइतबार) यो पर्व प्रारम्भ हुन्छ । हरेक वर्ष श्रीकृष्ण जन्माष्टमी पछिको पहिलो आइतबार प्रारम्भ हुने यो पर्वमा नाचगान एवं सांस्कृतिक कार्यक्रम गरी मनाइन्छ । अटवारी प्रारम्भको दिनलाई बड्का अटवारी भनिन्छ ।

वर्षा ऋतुमा खेतीको काममा निकै व्यस्त रहने यो समुदायका मानिस अटवारी पर्वपछि भने कामको बोझ हटेर फुर्सद हुने र यही फुर्सदलाई सदुपयोग गर्दै टोलटोलमा सँस्कृतिक कार्यक्रम गरेर रमाइलो गर्छन् ।

अटवरी पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज तराईका दुई जिल्लामा सार्वजनिक बिदा दिएको छ भने लुम्बिनी प्रदेश सरकारले दाङ, बाँके र बर्दियाका थारु समुदायलाई सार्वजनिक बिदा दिएको छ ।

यसअघि १९ भदौमा सार्वजनिक बिदा दिने निर्णय गरेको भएपनि तिथि अनुसार जन्माष्टमी पर्वको अर्को आइतबार अटवारी पर्व पर्ने भएकाले पर्वको दिन बिदा दिने सरकारले निर्णय गरेको हो ।

अटवरी थारु समुदायको मौलिक पर्व हो । अटवरी पर्वमा थारु समुदायले महाभारतका प्रमुख पात्र पाँच पाण्डवमध्येका माइलो भाई भीमको श्रद्धापूर्वक पूजाआजा गर्छन् ।

ऐतिहासिक पक्ष
किंवदन्तीअनुसार कुनै बेला भेवा (भीम) घुम्दै जाँदा तराई (थारु बसोबास गरेको ठाउँ) मा पुगेका थिए । तराई क्षेत्रमा एउटा राक्षसले उत्पात मच्चाउने, दुःख दिने, चेलीहरूमाथि जबर्जस्ती गर्ने गरिरहेको थियो । उक्त राक्षसलाई मारेर ती सबै समस्याबाट भीमले मुक्त गरेको हुँदा उनको सम्झनामा अटवरी पर्व मनाउने प्रचलन सुरु भएको हो ।

यसरी मनाईन्छ पर्व

यो पर्वमा दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नपिई दिनभर व्रत बसी साँझ पुरुषद्वारा नै गुइँठाको आगोमा सल्लाको धूप बनाई बालेर भीमको पूजा गर्ने प्रचलन रहेको छ ।

व्रतपछि गहुँको पीठोबाट बनेको खुर्मा, अनदीको चामलको बरिया, रोटीलगायत पकवान र फलफूल अग्नि देवतालाई अर्पण गरी दिदीबहिनीलाई एक भाग छुट्याई बाँकी भाग बर्तालुले खाने चलन रहेको छ ।

अग्रासन दिएर फर्कने क्रममा दिदीबहिनीले दाजुभाइलाई उपहार दिने गर्छन् । अटवारीको दोस्रो दिन फुलौरी, केराउ, पटौला, ठच्चालगायत पकवान र माछाको सिद्रा बर्तालुले ग्रहण गर्छन् । यो पर्व थारू समुदायको दशैँपछिको ठूलो पर्वका रूपमा रहेको छ ।

थारू समुदायको बसोबास रहेका बाँकेसहित बर्दिया, दाङ, कैलाली, कञ्चनपुरलगायत क्षेत्रमा अटवारी पर्वलाई विशेष महत्वका साथ मनाइन्छ ।

प्रकाशित मिति : ३१ भदौ २०८०, आइतबार  ९ : ५५ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा