९ आश्विन २०८०, मंगलबार | September 26, 2023

राजस्व चुहावटबारे अध्ययन गर्न कार्यदल गठन



काठमाडौं । राजस्व चुहावटको समस्याबारे अध्ययन गर्न कार्यदल गठन भएको छ । गत शुक्रबार बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व चुहावटको प्रवृत्ति विश्लेषण तथा नियन्त्रणको ठोस उपायसहितको कार्ययोजना एक हप्ताभित्र पेस गर्न राजस्व सचिवको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

अर्थ मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार राजस्व चुहावट नियन्त्रणमा संलग्न सुरक्षा निकाय एवं विभागीय प्रमुखहरू यो कार्यदलमा सदस्य रहेका छन् । दसैँ, तिहार, छठलगायत चाडबाडलाई दृष्टिगत गरी चोरी–पैठारी नियन्त्रणका लागि सम्बद्ध निकायबीच उच्चस्तरको समन्वय कायम गर्ने र संवेदनशील सीमा नाकाहरूमा आकस्मिक गस्ती बढाउने निर्णय पनि केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिले गरेको छ ।

त्यसैगरी, राजस्व चुहावट नियन्त्रणमा प्रविधिको उपयोग बढाउन सम्बद्ध सबै निकायले योजना बनाउने र राजस्व चुहावट नियन्त्रणमा संलग्न जनशक्तिको कार्यसम्पादनको निरन्तर सुपरिवेक्षण गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

आयातको परिमाणमा अस्वाभाविक कमी देखिएका वस्तुहरूको बजार उपलब्धता अध्ययन गरी त्यस्ता वस्तुको चोरी पैठारी नियन्त्रण गर्ने गरी कार्ययोजना बनाउने र चोरी पैठारी हुनसक्ने संवेदनशील नाकामा विशेष निगरानी राख्ने निर्णयसमेत भएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ८ : ४९ बजे

प्रधानमन्त्रीको चीन भ्रमण : अन्तरदेशीय पूर्वाधार निर्माणलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता

बेइजिङ । नेपाल र चीनबीच अन्तरदेशीय विकास पूर्वाधार निर्माणलगायत द्विपक्षीय

सुनचाँदीको भाउमा आयो गिरावट, आजको मूल्य कति ?

काठमाडौ । सुनको भाउ आज प्रतितोला ४०० रुपैयाँले घटेको छ

अर्घाखाँचीमा ११ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ

अर्घाखाँची । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्घाखाँचीमा

हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको बिहान १०ः३७

शुक्रबारका लागि बोलाइएको राष्ट्रियसभा बैठक एकसाता पछि सर्‍यो

काठमाडौं। आउँदो शुक्रबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक सारिएको छ