२८ बैशाख २०८३, सोमबार | May 12, 2026

राजस्व अनुसन्धानद्वारा विदेशी विनिमय अपचलन र राजस्व चुहावटमा मुद्दा दायर



बुटवल । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन र राजस्व चुहावटसम्बन्धी कसुरमा रुपन्देही र कपिलवस्तुका व्यवसायीमाथि मुद्दा दायर गरेको छ ।

विभागले कपिलवस्तुमा विदेशी मुद्रा अपचलन गरेको आरोपमा चार जनालाई र रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–७ मा भाञ्जा स्टोर्स एण्ड हाउसका सञ्चालक बरकत अलि मियाँलाई राजस्व चुहावटसम्बन्धी कसुरमा आज मुद्दा दायर गरिएको राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले जानकारी दिए ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बिमिहाका राजेशकुमार वर्मा, राकेशकुमार वर्मा, जङ्गबहादुर वर्मा (सोनार), मायादेवी गाउँपालिकाका–१ इमिलियाका हमीद मुसलमानबाट बरामद भएको भारतीय मुद्रा रु २१ लाख ३८ हजार नेपालसम्म ओसारपसार गर्दै गरेको अवस्थामा बरामद गरिएको जनाइएको छ । उनीहरु विरुद्ध विदेशी मुद्रा अपचलनसम्बन्धी कसुरमा अनुसन्धान गरी कपिलवस्तु जिल्ला अदालतमा मुद्दा दायर गरिएकोअधिकृत घिमिरेले जानकारी दिए ।

उक्त कार्य विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ (संशोधनसहित) को दफा ३, ४ र ५ तथा सोही ऐनको दफा १२ को अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, विदेशी विनिमय व्यवस्थापन विभागले मिति २०७८÷०९÷२३ मा जारी गरेको एकीकृत परिपत्र–२०७८ को दफा (७) मा भएको व्यवस्थाले विदेशी विनिमय अपचलन गर्ने गरेको अनुसन्धानबाट देखिएकाले मुद्दा दायर गरिएको प्रमुख अनुसन्धान अधिकृत घिमिरेले जानकारी दिए ।

प्रतिवादीहरुका साथबाट बरामद भारतीय मुद्राको नेपाली रु ३४ लाख २४ हजार सात बिगो कायम गरी विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ (संशोधन सहित) को दफा १७(१) बमोजिम हदैसम्मको जरिवाना गरी पाउन र बरामद भएको प्रतिबन्धित भारतीय रुपैयाँ जफत गरी पाउन माग गरिएको छ ।

साथै उक्त रकम ओसारपसार गर्न प्रयोग गरिएको युपि ५५ एएम ०४५९ नम्बरको भारतीय गाडीसमेत नियन्त्रणमा लिइएकाले जफत गरी हदैसम्मको कारबाहीको माग गरिएको प्रमुख अनुसन्धान अधिकृत घिमिरेले जानकारी दिए ।

यस्तै बुटवल उपमहानगरपालिका–७ स्थित भाञ्जा स्टोर्स एण्ड हाउसका सञ्चालक मियाविरुद्ध आज नै राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधनसहित) को दफा २०९६० बमोजिम उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरिएको प्रमुख अनुसन्धान अधिकृत घिमिरेले जानकारी दिए ।

उनले मूल्य अभिवृद्धि कर असुल नगरेको, बिक्रीबिजक जारी नगरी बिक्री गरेका साथै कस्मेटिक्सजन्य मालवस्तुहरुको खरिद बिलबिजक तथा भन्सार पैठारीको स्रोतबिना चोरीपैठारी गरी ल्याइएका मालवस्तु बिक्रीवितरण गरेका साथै गैरविजक जारी गरी मालवस्तु बिक्री गरेको राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधनसहित) को दफा ३ ले निषेध गरेको कार्य गरी दफा ४ को खण्ड (ख), (छ) र (झ) बमोजिम कसुर गरेको पुष्टि भएकाले मुद्दा दायर गरिएको उनले जानकारी दिए ।

उनले भन्सार चोरीपैठारी, मूल्य अभिवृद्धि कर छलि र आयकरतर्फ गरी एक करोड ५५ लाख ६६ हजार बिगो असुल उपरगरी बिगोको शतप्रतिशत जरिवानासमेत गरी रु तीन करोड ११ लाख ३२ हजार असुलउपर र हदैसम्मको कैद सजायको मागदाबी गरिएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  १० : १४ बजे

एसईईको नतिजा : सबैभन्दा उच्च ३.६० देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थी संख्या ४८ हजार बढी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज साँझ अबेर सार्वजनिक गरेको

आयो एसईईको नतिजा, कसरी हेर्ने नतिजा ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को

नीति तथा कार्यक्रमबारे नेताहरूको मिश्रित प्रतिक्रिया

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाको धन्यवाद

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त

आइएमई खल्तीले ल्यायो सुपर वालेट सुविधा

काठमाडौ । आइएमई खल्ती लिमिटेड ९खल्ती० ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका