९ आश्विन २०८०, मंगलबार | September 26, 2023

विकसित राष्ट्रलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्रीको अपिल



वाशिङ्टन डिसी । परराष्ट्रमन्त्री एनपी साउदले जलवायु परिवर्तनले पारेको असरबाट जुध्न विकासशील राष्ट्रलाई नेतृत्वदायी भूमिका प्रदान गर्न विकसित राष्ट्रलाई अपिल गरेका छन् ।

जैविक ऊर्जाको भविष्यका लागि सांसदको सञ्जाल (पार्लियामेन्टरियन्स नेटवर्क फर अ फोसी फयुल फयुचर) द्वारा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थितिको गाम्भिर्यतालाई दृष्टिगत गर्दै भावी पिँढीका लागि कार्ययोजना निर्माण गर्न समन्वयत्मक ढङ्गले अगाडि बढनुपर्ने चुनौती देखापरेको बताए । उनले जैविक ऊर्जाको विस्थापनका लागि प्रक्रियागत रणनीतिका बारेमा अतिकम विकसित देशको अध्यक्षको हैसियतले मुख्य वक्ताका रूपमा कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

कार्यक्रममा मन्त्री साउदले विकासशील राष्ट्रले प्रतिबद्धता जनाएअनुसारको ‘ग्रीन क्लाइमेट फन्ड’मा ‘एक सय अर्ब’ उपलब्ध गराउनुपर्ने र सन् २०२५ सम्ममा दोब्बर वृद्धि गर्नुपर्ने कुरामा जोड दिए ।

उनले भने, “हामीहरूले विकसित देशहरूलाई स्वच्छ ऊर्जा उत्पादन वृद्धि गर्न र जैविक ऊर्जाको खपत कम गर्न सदैव भनिररहेका छौँ । हामी हाम्रा विकास साझेदारहरूलाई अतिकम विकसित राष्ट्रहरूमा प्रविधिको रुपान्तरण गर्दै स्वच्छ तथा नवीकरणीय ऊर्जाको प्रयोगमा वढोत्तरी गराउन अनुरोध गर्दछौँ ।”

जैविक ऊर्जाको भविष्यका लागि सांसदहरूको सञ्जाल (पार्लियामेन्टरियन्स नेटवर्क फर अ फोसी फयुल फयुचर)मा ७० देशका सात सय बढीले हस्ताक्षर गरेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न जैविक ऊर्जालाई विस्थापित गर्ने अभिप्रायले स्थापित संस्था हो ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ७ : ५६ बजे

प्रधानमन्त्रीको चीन भ्रमण : अन्तरदेशीय पूर्वाधार निर्माणलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता

बेइजिङ । नेपाल र चीनबीच अन्तरदेशीय विकास पूर्वाधार निर्माणलगायत द्विपक्षीय

सुनचाँदीको भाउमा आयो गिरावट, आजको मूल्य कति ?

काठमाडौ । सुनको भाउ आज प्रतितोला ४०० रुपैयाँले घटेको छ

अर्घाखाँचीमा ११ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ

अर्घाखाँची । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्घाखाँचीमा

हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको बिहान १०ः३७

शुक्रबारका लागि बोलाइएको राष्ट्रियसभा बैठक एकसाता पछि सर्‍यो

काठमाडौं। आउँदो शुक्रबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक सारिएको छ