४ पुस २०८२, शुक्रबार | December 19, 2025

सिद्धबाबामा तीजको ब्रतालु र सवारी पूजा गर्नेहरुको घुँईचो



बुटवल । हरितालिका तीज पर्वका अवसरमा देशैभरका शिवालयहरुमा दर्शणार्थीहरुको बिहानै देखि भीड लागेको छ । पाल्पाको तिनाउ गाँउपालिका स्थित सिद्धबाबा मन्दिरमा पनि आज बिहानै देखि ठुलो भीड लागेको छ ।

सोमबारका दिन यसैपनि भिड लाग्ने सिद्धबाबामा आज तीज पर्व परेपछि दर्शणार्थीहरुको भीड बढेको हो । बिहान ८ः३० बजे सम्ममा ५ हजार दर्शणार्थीले मन्दिरमा पुजा गरिसकेको र ३ हजार सवारी साधनको पुजा सम्पन्न भएको मन्दिर ब्यवस्थापनले जनाएको छ । आज बिश्वकर्मा पुजा समेत भएकाले नयाँ तथा पुराना सवारी साधन पुजा गर्नका लागि सवारी धनीहरु समेत सिद्धबाबा पुगेका छन् ।

बुटवल तानसेन सडक अन्तर्गत सिद्धार्थ राजमार्ग, मन्दिरमा लागेको घुँइचोका कारण पटक पटक अवरुद्ध भएको छ । राजमार्ग सुचारु र सुरक्षाका लागि दोभान प्रहरी तथा मन्दिर ब्यवस्थापन समितिले स्वयमसेवक परिचालन गरेको मन्दिर ब्यवस्थापन समितिका सदस्य तोया लम्सालले जानकारी दिए ।

मध्यान्ह १२ बजे शिवको पुजा गर्ने धार्मिक मान्यता अनुसार पुजा गर्नेहरुको भीड अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ९ : २६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको