९ चैत्र २०८२, सोमबार | March 23, 2026

सिद्धबाबामा तीजको ब्रतालु र सवारी पूजा गर्नेहरुको घुँईचो



बुटवल । हरितालिका तीज पर्वका अवसरमा देशैभरका शिवालयहरुमा दर्शणार्थीहरुको बिहानै देखि भीड लागेको छ । पाल्पाको तिनाउ गाँउपालिका स्थित सिद्धबाबा मन्दिरमा पनि आज बिहानै देखि ठुलो भीड लागेको छ ।

सोमबारका दिन यसैपनि भिड लाग्ने सिद्धबाबामा आज तीज पर्व परेपछि दर्शणार्थीहरुको भीड बढेको हो । बिहान ८ः३० बजे सम्ममा ५ हजार दर्शणार्थीले मन्दिरमा पुजा गरिसकेको र ३ हजार सवारी साधनको पुजा सम्पन्न भएको मन्दिर ब्यवस्थापनले जनाएको छ । आज बिश्वकर्मा पुजा समेत भएकाले नयाँ तथा पुराना सवारी साधन पुजा गर्नका लागि सवारी धनीहरु समेत सिद्धबाबा पुगेका छन् ।

बुटवल तानसेन सडक अन्तर्गत सिद्धार्थ राजमार्ग, मन्दिरमा लागेको घुँइचोका कारण पटक पटक अवरुद्ध भएको छ । राजमार्ग सुचारु र सुरक्षाका लागि दोभान प्रहरी तथा मन्दिर ब्यवस्थापन समितिले स्वयमसेवक परिचालन गरेको मन्दिर ब्यवस्थापन समितिका सदस्य तोया लम्सालले जानकारी दिए ।

मध्यान्ह १२ बजे शिवको पुजा गर्ने धार्मिक मान्यता अनुसार पुजा गर्नेहरुको भीड अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ९ : २६ बजे

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा

इरान-अमेरिका/इजरायल युद्धले सन् १९७० दशकको तेल संकटको सम्झना दिलाउँदै

इरानसँगको अमेरिका–इजरायल युद्धका कारण बढ्दो ऊर्जा संकटले सन् १९७० दशकका

रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका रिट न्यायाधीश शर्मा र मुसलमानको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका

खाडी जान लागेका कामदारहरू भन्छन्, “साथीहरूले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर छ”

काठमाडौँ । छोटो छुट्टीमा घर परिवार भेट्न आउनुभएका लिवेक महतलाई