१६ माघ २०८२, शुक्रबार | January 30, 2026

सुदूरपश्चिममा बुढी पोल्ने पर्वको रौनक



बैतडी । आज बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बुढी पोल्ने पर्व मनाइँदैछ । हरेक वर्ष असोज १ गते यो पर्व यहाँ धुमधामसँग मनाउने प्रचलन छ ।

विजय उत्सवका रुपमा मनाइने यो पर्वमा बुढी अर्थात राक्षसी पुतनालाई पोल्ने गरिएको संस्कृतिका जानकार जयानन्द भट्टले बताए । परम्परागत किंवदन्तीअनुसार भगवान श्री कृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला)हरुले पुतनाको शव दहन गरेको कथन छ ।

द्वापर युगमा विषाक्त दुध सेवन गराई बालबालिकाको ज्यान लिने राक्षसी पुतनालाई भगवान श्रीकृष्ण दुध चुसी मारेको र भगवान श्रीकृष्ण बाँचेको खुशियालीमा असोज संक्रान्तीका दिन यो पर्व मनाउने गरिएको भट्टको भनाइ छ ।

सुदूरपश्चिममा भाद्र संक्रान्तीका दिन गाडिएको सल्लाको वा अन्य बोट विरुवाको लिङ्गोमा आज साँझपख बुढी पोलिने र सोही ठाउँमा काक्रा खाँदै लुतो बाँड्ने प्रचलन छ । ओल्के संक्रान्तिका दिन गोठालाहरुले बुढीको प्रतिमा राखेपछि दैनिक त्यसमा रुखका हाँगाहरु थप्ने गर्छन् । दैनिक थप्दा केही स्थानमा निकै ठूलो बुढी बन्ने गर्छन् ।

गाई गोठालाहरुले बाँझा जग्गा र दोबाटामा सल्ला, बाँज, खर्सुलगायत रुखहरुबाट निर्मित बुढीको पुतनालाई साँझपख जलाउने गरिन्छ । दोबाटोमा जलाएको पुतना राक्षसनीको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलन छ । यसो गरेमा पशु चौपायामा कुनै रोग नलाग्ने धार्मिक जनविश्वास रहेको बैतडीको दोगडाकेदार ३ श्रीकोटका गणेश वियटको भनाइ छ ।

ओल्के संक्रान्तिका दिन गाउँ नजिकका अलिक उच्चो टाकुरामा सबै जना मिलेर रूखका हाङ्गा झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । यो थुप्रोलाई स्थानीय भाषामा ‘बुढी हालेको’ भन्ने गरिएको छ । यो बूढीलाई नै आज असोज संक्रान्तिका साँझ प्रत्येक घर घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर ‘बूढी पोल्ने’ पर्व मनाउने परम्परा छ । पुतनाको स्वरुपमा तयार गरी सिङ्गारिएको बाबियोलाई आज बिहान गोठबाट निकालेर दिनभरी घाममा सुकाइ साँझ दोबाटोमा लगेर जलाउने गरिन्छ । साँझपख काँक्रो चपाएर जलेको पुतनामा फाल्दै जोडले थुई बुढी थुई भन्ने गर्छन् ।

त्यस्तै बुढी पोलेर घर फकिर्ने क्रममा बाटो-बाटोमा बलेको दियो पनि गाड्दै जाने प्रचलन छ । यस पर्वमा रातभर देउडा खेल्ने चलन भए पनि युवापुस्ताले ध्यान नदिँदा पछिल्लो समयमा यस्ता चलनहरु लोप हुँदै गएका छन् ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ११ : ४६ बजे

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको प्रगति ४५ प्रतिशत

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौं-तराई/मधेस द्रूतमार्ग

हिमपातपछि कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित

मुस्ताङ । मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल-चीन उत्तरी कोरलानाकाबाट

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका-१

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र