२ श्रावण २०८३, शनिबार | July 18, 2026

क्यानडाबाट आरके शर्माको घोषणा : एनआरएनए आइसीसी चुनावमा डेलिगेट्स प्रथा हटाउँछु



क्यानडा । गैरआवासीय नेपाली संघ९एनआरएनए०का अध्यक्ष प्रत्याशी राजेन्द्रकुमार शर्माले आइसीसीमा निर्वाचनमा हुने डेलिगेट्स प्रथा २ वर्ष पछाडि हटाउने घोषणा गरेका छन् ।

एनआरएनए एनसीसी क्यानडाले गरेको अन्तरक्रिया कार्यक्रममा शर्माले अहिलेको डेलिगेट्स प्रणालीले समस्या निम्ताएको भन्दै २ वर्षपछि हुने निर्वाचनमा सम्पूर्ण पञ्जिकृत सदस्यबाट केन्द्रीय नेतृत्व चुनिनुपर्ने पक्षमा आफू रहेको बताए ।

“एनआरएनए नेतृत्व चयन विदेशमा बस्ने सबै नेपालीबाट गराउनुपर्छ भन्ने मेरो सोचाइ हो,”शर्माले क्यानडामा आयोजित कार्यक्रममा भने, “डेलिगेट्स प्रणालीले संस्थामा समस्या ल्याएको छ,त्यसको सुधार गर्न सबैले सदस्यले भोट हाल्ने व्यवस्था अध्यक्ष भएपछि लागू गर्छु।”

शर्माले आफू बशंजको नागरिकता निरन्तरताको पक्षमा रहेको निरन्तर त्यो पक्षमा लाग्ने प्रतिबद्धता क्यानडाका अभियन्तासँग गरेका छन् ।

“गैरआवासीय नागरिकता लामो समयपछिको निरन्तर लबिङपछि आएको एउटा उपलब्धि हो,” शर्माले भने, “यसले हामीलाई नेपालमा सम्पत्तिको सुरक्षा दिएको छ,यद्यपि वंशजको नागरिकताको लागि म निरन्तर लाग्ने छु।”

शर्माले अध्यक्षको रूपमा आफूले आर्थिक मुद्दालाई प्राथमिकता दिएको भन्दै गैरआवासीय अभियानलाई आर्थिक मुद्दालाई लैजानेमा जोड दिने बताए । “विदेशमा काम गर्न आएका सानो रकम बचत गर्ने नेपालीको पैसा भविष्यको लागि बचत हुने गरेर प्राधिकरण बनाउने योजना मेरो छ”, शर्माले आफ्नो एजेन्डा प्रस्तुत गर्दै भने, “सो प्राधिकरणबाट देश विकासमा लगानी गर्ने स्पष्ट योजना बनाएको छु।”

शर्माले रेमिट्यान्स रकमलाई सामूहिक लगानी प्राधिकरण बनाउने र त्यसमा सरकारले प्रोत्साहन स्वरूप २ प्रतिशत रकम दिने सो रकम ऊर्जा लगायतका विकास निर्माणमा लगाउने योजना आफ्ना एजेण्डामा राखेका छन् । अहिले वार्षिक रूपमा आउने रेमिट्यान्स १० प्रतिशतमात्र प्राधिकरणमा राख्दा एक खर्ब २० अर्ब रुपैयाँको स्रोत जुट्ने छ ।

शर्माले गैरआवासीय अभियान एकताबद्ध बनाउन आफू निरन्तर लागेको जानकारी दिए । शर्माले आफ्नो पहलमा विभाजन भएको एनआरएनए अभियानलाई एकताको सम्झौता गराएको र त्यसको आधारमा अगाडि बढ्नुपर्ने बताए ।

नेपालको विकास र गैरआवासीय नेपालीको हकहितको लागि आफूले सबै राजनीतिक दलसँग सहकार्य गरेको शर्माले बताए ।

“व्यक्तिगत रूपमा म कुनैपनि राजनीतिक दलको सदस्य छैन,”शर्माले भने,“सबै राजनीतिक दलसँग नेपालीको हकहितको लागि काम गरेको छु,सबै दलप्रति मेरो सम्मान छ ।”

क्यानडा जस्ता विकसित देशमा विज्ञको रूपमा रहेका गैरआवासीय नेपालीलाई नेपालको विकासमा जोड्न योजना आफूले अगाडि सारेको योजना शर्माले दिए । “विकसित देशहरूमा विज्ञको रूपमा कार्यरत गैरआवासीय नेपालीलाई नेपाल सरकार र सम्बन्धित मन्त्रालयमा जोड्नुपर्ने छ”, शर्माले थपे, “हामीले जानेको सिप अब नेपालको विकासको लागि आवश्यक छ।” यसबाहेक विज्ञहरूको सहयोगमा नेपालमा २० वर्षको जबको म्यापिङ गर्ने सो अनुसारको दक्ष जनशक्ति उत्पादनमा जोड दिएको शर्माले बताए ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  २ : ४७ बजे

मनसुन प्रतिकार्य कमाण्ड पोष्ट बैठक : २३ जिल्लामा रातिमा सवारी आवागमन रोक लगाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अतिभारी

मुग्लिन-नारायणगढ सडकमा सवारीसाधन संचालनमा रोक

काठमाडौँ । शनिबार राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक

‘क्यामेरा, बुम, परिचयपत्र’ बोकेपछि जहाँसुकै स्वतः पहुँच पुग्छ भन्नु गलत मानसिकता’

नेपालगन्ज । पत्रकारिताको नाममा भइरहेका केही गैरजिम्मेवार र आचार संहिता

प्रचण्ड र श्रीलंकाको सत्तारुढ जेभीपीका महासचिव सिल्भाबीच भेटवार्ता

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल