१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

नेपाल-अमेरिकाबीच नागरिकस्तरको सम्बन्ध महत्त्वपूर्ण : अमेरिकी विदेशमन्त्री व्लिङ्केन



न्यूयोर्क । अमेरिकी विदेशमन्त्री एन्थोनी व्लिङ्केनले अमेरिका र नेपालका नागरिक–नागरिकबीचको सम्बन्ध महत्वपूर्ण भएको बताएका छन् ।

नेपालको संविधान दिवस, २०८० का अवसरमा मङ्गलबार विदेशमन्त्री व्लिङ्केनले शुभकामना दिँदै दुवै देशको सम्बन्ध विस्तारले दुई देशबीच एकअर्कामा बुझ्न, सद्भाव र विश्वास विस्तारमा कोशेढुङ्गाको काम गरेको बताएका हुन् ।

विदेशमन्त्री व्लिङ्केनले सन्देशमा भनेका छन्, “अमेरिकी जनताको तर्फबाट म नेपाली जनतालाई संविधान दिवसका अवसरमा हार्दिक बधाई ज्ञापन गर्दछु । आज हामी यस्तो विशेष दिन मनाउँदैछौँ, जसले हामीहरूबीचको सम्बन्ध र प्रतिबद्धताको नवीकरणमा अतुलनीय भूमिका निर्वाह गर्दै दुई देशबीच शान्ति, सहकार्य र पारस्परिक समृद्धिको विस्तार गर्नेछ ।”

“नेपालले हासिल गरेको उपलब्धि र दुई देशबीचको लामो मैत्रीपूर्ण सम्बन्धलाई यो क्षणमा म स्मरण गर्न चाहन्छु । अमेरिकी सरकार र नागरिकको तर्फबाट म तपाईँहरू सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, विदेशमन्त्री व्लिङ्केनद्वारा जारी सन्देशमा उल्लेख छ ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  १० : ०९ बजे

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु

बारा । मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको

विपद्का कारण भदौ १३ गतेदेखि हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न सरकारको निर्देशन

काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएपछि सरकारले

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

वाशिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग

गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थान, महत्त्वपूर्ण धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड-तिर्थाटनसँग जोडिएको

भोटेकोशी बाढी : सुनसरीका १५ जना सम्पर्कविहीन

सुनसरी । रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका