४ पुस २०८२, शुक्रबार | December 20, 2025

पाल्पामा भएको दुर्घटनामा घाइते सुदन भट्टराईको उपचारका क्रममा काठमाडौंमा मृत्यु



पाल्पा । पाल्पामा मोटरसाइकल र जीप ठोक्किदा घाइते भएका एक जनाको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक पाल्पा जिल्ला बगनासकाली गाउँपालिका ७ का बर्ष २८ का सुदन भट्टराई रहेको प्रहरीले जनाएको छ ।

बुधबार बिहान करिब साढे ११ बजेको समयमा बगनासकाली ९ चाप्पानीमा तानसेनबाट खानीगाउँतर्फ जादै गरेको लु ५५ प ६८५६ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको लु १ ज १७५९ नम्बरको जीप एक आपसमा ठोक्किँदा घट्टराई गम्भीर घाइते भएका थिए ।

गम्भीर घाईते भट्टराइको तानसेन स्थित युनाइटेड मिसन अस्पतालमा उपचार हुन नसकेपछि हेलिकप्टरबाट काठमाडौं स्थित ग्राण्डी अस्पताल पठाइएकोमा उपचारको क्रममा बुधबार साँझ करिब ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सन्तोष चन्दले जानकारी दिएका छन् ।

ठक्कर दिने जीप चालक र जीप प्रहरी नियन्त्रणमा रहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ९ : १४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको