२३ भदौ २०८३, मंगलबार | September 8, 2026

पाल्पामा भएको दुर्घटनामा घाइते सुदन भट्टराईको उपचारका क्रममा काठमाडौंमा मृत्यु



पाल्पा । पाल्पामा मोटरसाइकल र जीप ठोक्किदा घाइते भएका एक जनाको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक पाल्पा जिल्ला बगनासकाली गाउँपालिका ७ का बर्ष २८ का सुदन भट्टराई रहेको प्रहरीले जनाएको छ ।

बुधबार बिहान करिब साढे ११ बजेको समयमा बगनासकाली ९ चाप्पानीमा तानसेनबाट खानीगाउँतर्फ जादै गरेको लु ५५ प ६८५६ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको लु १ ज १७५९ नम्बरको जीप एक आपसमा ठोक्किँदा घट्टराई गम्भीर घाइते भएका थिए ।

गम्भीर घाईते भट्टराइको तानसेन स्थित युनाइटेड मिसन अस्पतालमा उपचार हुन नसकेपछि हेलिकप्टरबाट काठमाडौं स्थित ग्राण्डी अस्पताल पठाइएकोमा उपचारको क्रममा बुधबार साँझ करिब ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सन्तोष चन्दले जानकारी दिएका छन् ।

ठक्कर दिने जीप चालक र जीप प्रहरी नियन्त्रणमा रहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ९ : १४ बजे

शून्य सहनशीलतामार्फत जेनजी सहिदको सपना पूरा गर्न प्रतिबद्ध छौँ : कार्यवाहक प्रमुख डङ्गोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नागरिकमैत्री शासन

कांग्रेस १५ औँ महाधिवेशनः वडा अधिवेशन असोज ३ देखि सुरु हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आगामी असोज

पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित

काठमाडौ । मलेसियामा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह

दैवी प्रकोप राहत कोषमा रकम दाखिला गर्ने दाताहरु बढ्दै

काठमाडौ । भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापना गर्न प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब

काठमाडौ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा