२३ भदौ २०८३, मंगलबार | September 8, 2026

भन्सारबाट सजिलै नेपाल छिराइएको ३२ थान मोबाइल विमानस्थलबाट पक्राउ



नेपालगन्ज । नेपालगन्ज भन्सार पार गरेर नेपालगन्ज विमानस्थल पु¥याइएको ३२ थान मोबाइल सेट प्रहरीले बरामद गरेको छ । नेपालगन्ज स्थित राँझा विमानस्थलबाट काठमाण्डौ लैजान लागिएको ३२ थान मोबाइल सेटसहित चार जना भारतीय नागरिकलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

नेपालगन्ज् विमानस्थलमा रहेको एक्सरे मेशिनमार्फत जाँचका क्रममा सो मोबाईल फेला परेको हो । करिब नौ लाख रुपैयाँ मूल्य बराबरको मोबाइल सेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

भारतको मध्यप्रदेश राज्य इन्दौर सुदामा नगरका अमित सोलंकीको साथबाट ८ थान, पागनिसपागाका सचिन कुकरेजको साथबाट ८ थान, द्वारकापुरीका कमल बंसारीको साथबाट ८ थान र ब्लक काँलोगीका अमित सोलंकीको साथबाट ८ थान गरी जम्मा ३२ थान मोवाईल बरामद गरिएको डिएसपी डाँगीले बताए ।

प्रहरीका अनुसार उनीहरु चारै जनाको विमानस्थलमा झोला एक्सरे मेशिनमार्फत जाँच गर्ने क्रममा मोबाइल सेट फेला परेको हो । उनीहरुको साथबाट वन प्लस, अप्पो, रेलमी, रेडमी, सामसुङ मोबाइलका सेट बरामद गरिएको हो ।

मोबाइल खोलभित्र नरहेको र खुलारुपमा रहेको प्रहरीले जनाएको छ । मोबाइल सेटसहित पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाइएको डाँगीले बताए ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ३ : ४६ बजे

शून्य सहनशीलतामार्फत जेनजी सहिदको सपना पूरा गर्न प्रतिबद्ध छौँ : कार्यवाहक प्रमुख डङ्गोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नागरिकमैत्री शासन

कांग्रेस १५ औँ महाधिवेशनः वडा अधिवेशन असोज ३ देखि सुरु हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आगामी असोज

पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित

काठमाडौ । मलेसियामा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह

दैवी प्रकोप राहत कोषमा रकम दाखिला गर्ने दाताहरु बढ्दै

काठमाडौ । भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापना गर्न प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब

काठमाडौ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा