२२ भदौ २०८३, सोमबार | September 8, 2026

घट्यो नेपालगन्ज भन्सारको राजश्व सङ्कलन, गत आवको तुलनामा १६ करोड कम राजश्व



नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा रु २० अर्ब ११ करोड ५५ लाख राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जर्नादन पौडेलका अनुसार यो राजस्व अघिल्लो आवको तुलना गत आवमा रु १६ करोड ४५ लाख कम राजस्व सङ्कलन भएको हो ।

“राजस्व सङ्कलन अघिल्लो आवको तुलनामा गत आवमा केही घटेको छ, तर अपेक्षाभन्दा कम घटेको छ”, उनले भने, “पेट्रोलियम पदार्थको आयातमा आएको कमी, भारतले चिनी निकासीमा लगाएको प्रतिबन्धलगायतका कारणले राजस्व कम भएको हो ।”

कार्यालयका अनुसार आव २०८१/८२ मा रु २० अर्ब २८ करोड ५१ लाख ८१ हजार राजस्व सङ्कलन भएकामा आव २०८०/८१ मा रु १८ अर्ब १५ करोड ७२ लाख ३३ हजार राजस्व सङ्कलन भएको थियो ।

नेपालगन्ज भन्सार कार्यालयबाट इन्धन, ट्रेक्टर तथा ट्रिलर, पोलिथिन दाना, चामल, खाद्यान्न, फलामलगायतका वस्तुको आयात बढी हुने गरेको छ । साथै जडीबुटीलगायतका वस्तु तथा सामान निकासी हुने गरेको छ ।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  १ : ५२ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार