१० जेष्ठ २०८३, आइतबार | May 24, 2026

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग नेपालगन्जको गुनासै गुनासो



नेपालगन्ज । नेपालगन्जका उद्योगी ब्यवसायीले जमुनाहा नाकाबाट अवैध रुपमा करोडौंको सामान भित्रिँदा स्वदेशी उद्योगी व्यवसायी मारमा परेको गुनासो गरेका छन् । उनीहरुले सीमा नाका व्यवस्थित गर्नुपर्ने र आयातमा रहेको अव्यवहारिक भन्सार नीति सच्चाउनुपर्ने माग पनि गरेका छन् ।

नेपालगन्ज पुगेका संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई ११ बुँदे ज्ञापनपत्र बुझाउँदै ब्यवसायीहरुले पटक(पटक विद्युत जादा औद्योगिक प्रतिष्ठानका उत्पादन बिग्रेर खेर जाने र मेसिनरी सामानहरु बिग्रने समस्या धेरै भएकाले उद्योगहरुमा नियमित रुपमा सहज आपूर्ति गर्न ब्यवस्था गर्न र उत्पादनमूलक उद्योगलाई सहुलियत दरको बैंक ब्याज उपलब्ध गराउन माग गरे । उद्योगी ब्यवसायीहरुले शिलान्यास गरिएको नौबस्ता औद्योगिक क्षेत्रमा तत्काल काम सुरु गर्नुपर्ने, नेपालगन्जमा निर्माणाधीन एकीकृत भन्सार जाँचचौकी (आइसीपी)को काम सम्पन्न गरी सन्चालन गर्नुपर्ने माग पनि गरे ।

नेपालगन्ज उद्योग बाणिज्य संघको तर्फबाट मन्त्री रिजाललाई बुझाइएको ज्ञापनपत्रमा उद्योगी व्यवसायीलाई सहजताका लागि नेपालगन्जमा कम्पनी रजिष्टारको कार्यालय खोल्नुपर्ने, उद्योगी–व्यवसायीमैत्री नीति बनाएर पर्यटन उद्योगलाई प्रबद्र्धन गर्नुपर्ने, बाँकेमा जडिबुटीमा आधारित औषधि उद्योग सञ्चालनको वातावरण बनाउनुपर्ने र जडिबुटी निर्यातको समस्या समाधान गर्न नेपाल र भारतका सरकार स्तरमा संवाद गर्नुपर्ने माग उल्लेख गरिएको छ ।

मन्त्री रिजाल बाँकेमा आएको अवसरमा बिहीबार नेपालगन्जमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेर संघका नवनिर्वाचित अध्यक्ष टंक बहादुर धामीले ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापन पत्र बुझिसकेपछि उद्योगी ब्यवसायीलाई सम्बोधन गर्दै मन्त्री रिजालले निराश नहुन आग्रह गरे । उनले उद्योगी व्यवसायीलाई धेरै सेवा सुविधा दिने गरी सरकारले काम गर्न लागेको बताउँदै नौबस्ता औैद्योगिक क्षेत्रमा न्यूनतम् चार्ज लिने गरी उद्योगीहरुलाई सहुलियत दिने र सञ्चालनका लागि पहल गर्न मन्त्रालयका सचिवलाई सरोकारवालासँग छलफल गर्न आग्रह गरे ।

अन्तरक्रियामा बोल्दै संघका निवर्तमान अध्यक्ष अब्दुल वाहिद मन्सुरीले सरकारले उद्योगी व्यवसायीलाई संंरक्षणमुखी नीति लिन सुुझाव दिए ।

सो अवसरमा अक्सिजन ग्यास व्यवसायी राजिव तलंगाले कोरोनाकाल भरी सेवा दिएका अक्सिजन उद्योग धराशायी हुने गरी भारतबाट आयात गर्नुपर्ने लिक्विड अक्सिजन ग्यासमा राज्यले प्रोत्साहन गर्नु दुःखद भएको गुनासो गरे ।

कार्यक्रममा संघका प्रथम उपाध्यक्ष चिरञ्जीवी ओलीले उद्योगीका समस्या, जडिबुटी व्यवसायी रविन्द्रनाथ शुक्लाले जडिबुटी व्यवसायीले भोगिरहेका दुःख, र संघका सदस्य बुद्धिबहादुर विकेले सुनचाँदी व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न मन्त्री रिजाललाई ध्यानाकर्षण गराएका थिए ।

ज्ञापन पत्र बुझाउने कार्यक्रममा संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य अब्दुल वाहिद मन्सुरी, संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, कार्यसमिति तथा पूर्व पदाधिकारी तथा सदस्यको उपस्थिति रहेको थियोे ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ७ : ४८ बजे

पोखराको फिर्केखोलाका अतिक्रमित संरचना हटाउन चल्यो डोजर

पोखरा । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र निर्माण गरिएका संरचना हटाउन

चीनमा नेपाललाई ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’ को सम्मान

काठमाडौं । चीनको ग्वाङ्झाउमा नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ अर्थात्

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

सुर्खेत । पश्चिम जाजरकोटमा करोडौँ रुपैँया लगातका पक्की पुलहरूको निर्माणले

पोखराको फिर्केखोलाको खोलाघरमा बनेको संरचना आजदेखी हटाउदै महानगरपालिका

कास्की । पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्केखोलाको खोलाघरभित्र

बाढीपहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा क्षति

पाँचथर । अविरल वर्षापछि खसेको पहिरोले घर बगाउँदा याङवरक गाउँपालिका-१