१७ असार २०८३, बुधबार | July 1, 2026

साफ यू–१९ च्याम्पियनसीप : नेपाल पाकिस्तानसँग पराजित



काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू–१९ च्याम्पियनसीपअन्तर्गत आज भएको खेलमा घरेलु टोली नेपाल पाकिस्तानसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा पाकिस्तानले नेपाललाई १–० गोलअन्तरले पराजित गरेको हो । पाकिस्तानको जितमा अली जफरले गोल गरे । उनले खेलको ७६औँ मिनेटमा गरेको एक गोल नै पाकिस्तानको लागि निर्णायक गोल सावित भयो । जफरले करिब ३० यार्डबाट गरेको प्रहारले सिधै जाली चुमेको थियो ।

खेल अवधिभर नेपालको प्रदर्शन भने फिलतो रहेको थियो । अब पाकिस्तानले शनिबार माल्दिभ्ससँग खेल्नेछ । त्यस्तै नेपालले भने सोमबार माल्दिभ्सको सामना गर्नेछ ।

प्रतियोगितामा नेपाल समूह ‘ए’मा रहेको छ । नेपालको समूहमा पाकिस्तान र माल्दिभ्स रहेको छ । त्यस्तै समूह ‘बी’मा भारत, बङ्गलादेश र भुटान रहेको छ । दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ८ : ५१ बजे

राष्ट्रपतिसँग पाकिस्तानी राजदूतको बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रारार

विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो

काठमाडौँ । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी

बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा मानवअधिकार आयोगद्वारा रास्वपासँग स्पष्टीकरण माग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता

लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु

लाहोर । पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा

नेप्से परिसूचकमा ४४ अङ्कको बृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज