४ पुस २०८२, शुक्रबार | December 19, 2025

बाँकेको बाल सुधार गृहमा झडप र तोडफोड, एकजनाको मृत्यु



नेपालगन्ज । बाँकेको जयेन्दु बाल सुधार गृहमा गयराती भएको झडप र तोडफोडमा एकजनाको मृत्यु भएको छ । डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित सुधार गृहमा सोही सुधार गृहमा राखिएका बालबन्दीहरुबीच भएको झडप र तोडफोडमा परि एकजना बालबन्दीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा १८ बर्षिय सुलभ केसी रहेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए ।मृत्यु हुनेमा १८ बर्षिय सुलभ केसी रहेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए । उनका अनुसार ११ जना घाइते भएका छन् ।

उनीहरुले सुधार गृहका झ्यालका सिसा फुटाउँदै सुरक्षामा खटिएका प्रहरीमाथि पनि ढुंगा र इँटा प्रहार गरेका थिए । सुधारगृहमा रहेको दुई समहुबीच भएको झडपमा रातभरी तोडफोड र प्रहरी माथि ढुंगा प्रहार भएको प्रहरीले जनाएको छ ।

स्थानीयवासीका अनुसार सुधार गृहभित्र रहेकाहरुले अहिले पनि नाराबाजी गरिरहेका छन् । अवस्था सामान्य बनाउने प्रयास भइरहेको प्रहरी प्रमुख एसपी राठौरले बताए ।

सुधार गृहमा बिभिन्न मुद्दामा दोषी ठहरिएकार पुर्पक्षका लागि सुधारगृह पठाइएका करिब ३ सय जना रहेका छन् । गत माघ अन्तिम साता सोही सुधार गृहमा आगजनीसमेत भएको थियो ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ९ : १७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको