१५ बैशाख २०८१, शनिबार | April 28, 2024

खजुरा स्थित क्यान्सर अस्पतालमा आजबाट निशुल्क जनरल बेड, बिपन्न बिरामीलाई निशुल्क खाना



खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा आजबाट जनरल बेडहरु निशुल्क तथा बिपन्न वर्गका क्यान्सर विरामीलाई निशुल्क खानाको ब्यवस्था गरिएको छ ।

नेपाल सरकारको क्यान्सर पीडितलाई निशुल्क उपचार सेवा दिने निती अनुसार अस्पतालमा निशुल्क जनरल बेड र निशुल्क खानाको ब्यवस्था गरिएको हो ।

क्यान्सरको विशिष्टकृत अस्पतालकारुपमा स्तरउन्नतीको चरणमा रहेको अस्पतालमा निकट भविश्यमा लिन्याक उपकरण संचालनमा आउने र सो उपकरण संचालनमा आएसँगै क्यान्सरका सबै उपचार सेवा खजुराबाटै दिन सकिने अस्पतालका कार्यकारी निर्देशक डा. निरज भट्टराईले बताए ।

लिन्याक मेसिन विकिरणका माध्यमबाट सेकाइ गरेर उपचार गर्ने मेसिन हो । उक्त मेसिनले पाठेघरको मुख, स्तन, नाक, कान घाटीलगायत शरीरका विभिन्न अंगहरुमा हुने क्यान्सरको उपचारका लागि बाहिरी सेकाइ गरेर उपचार गर्ने गरिन्छ । अहिले बिरामीहरु उक्त मेसिनको सेवा लिन भरतपुर र भक्तपुर क्यान्सर अस्पताल धाउन बाध्य छन् । भरतपुर र भक्तपुरमा पनि उक्त मेसिनको सेवा लिन एक महिनादेखि ४५ दिनसम्म पालो पर्खनुपर्ने बाध्यता छ । प्रविधिको अभावका कारण नेपालका अधिकांस क्यान्सरका बिरामी उपचारका लागि भारतको नयाँदिल्ली र मुम्बई समेत पुग्ने गरेका छन् ।

खजुराको क्यान्सर अस्पतालमा अहिले पोजिटिभ प्रेसर आइसियु पनि संचालनमा रहेको छ । खजुरामा रहेको आइसियु पनि संभवतः लुम्बिनी, कर्णाली र सुदुरपश्चिममा पहिलो पोजिटिभ प्रेसर आइसियु भएको डा. भट्टराईले बताए । ‘यो आइसियु क्यान्सरका सिकिस्त बिरामीहरुका उपयुक्त हुनेगरी हावाको भित्र्याउने र बाहिर पठाउनेगरी भेन्टिलेसन जडान गरिएको आइसियु हो’ उनले भने, ‘जुन क्यान्सर बिरामीका लागि अति आवश्यक हो । चार बेडको उक्त उक्त आइसियु १० वर्षसम्मका लागि पर्याप्त हुने अपेक्षा गरिएको छ ।’ यसैगरी अस्पतालमा रक्त क्यान्सरका बिरामीहरुको उपचारका लागि हेमाटो–अंकोलोजी वार्ड पनि सन्चालनमा आएको डा। भट्टराईले बताए ।

२०७२ सालबाट पूर्णरुपमा संघीय सरकारको स्वामित्वमा संचालन भइरहेको अस्पतालमा २०८९ सालसम्म अस्पताललमा क्यान्सरसँगै अन्य किसिमका बिरामीहरुलाई पनि बिमा लगायतका सहुलियत सेवा दिने गरिएको भएपनि त्यस यता अन्य जनरल बिरामीहरुलाई भेरी अस्पतालमा पठाउने र क्यान्सरको उपचार सेवा मात्रै अस्पतालले दिने गरि सेवा दिंदै आएको अस्पतालले जनाएको छ ।

अस्पताललाई क्यान्सरको विशिष्टिकृत अस्पताल बनाउनेतिर केन्द्रीत गर्दा पनि बिरामीको संख्या नघटेको अस्पतालका प्रमुख डा.भट्टराईले बताए ।

अस्पतालमा भर्ना भएका अति विपन्न बिरामीको पहिचानका लागि अस्पताल विकास समिति, अस्पताल प्रशासनको प्रतिनिधि तथा लेखा प्रमुख रहेको समिति गठन गरिएको र सोही समितिको सिफारिसका आधारमा भर्ना भएका बिपन्न बिरामीलाई निशुल्क खाना उपलब्ध हुने मेसु भट्टराईले बताए ।

अस्पतालको नयाँ निर्णयबाट पश्चिम नेपालका क्यान्सर रोग लागेका बिरामीलाई राहत मिल्ने अपेक्षा गरिएको छ ।

सन्त दीनदयाल महाराजको संकल्प र भारतका महामण्डलेश्वर प्रखरजी महाराजको प्रेरणाबाट २०६५ सालमा स्थानीय जनताहरुले महायज्ञमार्फत आर्थिक संकलन सुरु गरी अस्पताल निर्माण गरेका थिए ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ६ : ०३ बजे

पाल्पाको तिनाउ सिमखोलामा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरको ठक्करबाट एक

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म