११ चैत्र २०८२, बुधबार | March 25, 2026

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण आजबाट



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को औपचारिक चीन भ्रमण आजबाट सुरु हुँदै छ । प्रधानमन्त्री प्रचण्ड अमेरिकाको न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा सहभागी भएर त्यतैबाट सिधै चीन गएका हुन ।

प्रधानमन्त्री प्रचण्ड सुरुमा चीनको हन्जाउमा हुन लागेको १९ औँ एसियन खेलको उद्घाटन समारोहमा सहभागी हुनेछन् । एसियन खेल समारोहमा सहभागी भएपछि प्रधानमन्त्री प्रचण्ड बेइजिङ जानेछन् ।

बेइजिङमा उनले चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता र चिनियाँ राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । बेइजिङमा उनले चिनियाँ कम्युनिस्ट पार्टीका अन्य नेताहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

परराष्ट्रमन्त्रालयका अनुसार प्रधानमन्त्रीको चीन भ्रमणमा कृषि, स्वास्थ्य, सडक, नाका, जलविद्युत्, व्यापार घाटालगायतका क्षेत्रमा छलफल हुनेछ ।

चीनका राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आएको बेला चीनले प्रतिबद्धता व्यक्त गरेका अनुदानका कार्यक्रमलाई पनि एजेन्डमा राखिएको छ ।

भ्रमणको बेला चीनसँगका सीमा नाकाका विषयमा पनि छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ७ : ४६ बजे

प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहको शपथ शुक्रबार १२ः३४ बजे, पदबहाली २ः१५ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह

फागुन २१ गतेको निर्वाचन मानक : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद्

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम

सुनसान सिंहदरबार

काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग