१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सी बीच औपचारिक भेटवार्ता

नेपाल र चिनियाँ शीर्ष प्रतिनिधिमण्डलबीच हाङ्जाओमा द्विपक्षीय वार्ता



काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनफिङको उपस्थितिमा नेपाल र चीनका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता भएको छ ।

चीनको हाङ्जाओस्थित एक होटलमा वार्ता भएको हो । यसअघि राष्ट्रपति सीले आयोजना गरेको स्टेट ब्यान्क्वेटमा प्रधानमन्त्री प्रचण्डको संक्षिप्त भेट भएको थियो ।

द्विपक्षीय वार्तामा प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद लगायतका सहभागी छन् ।

प्रधानमन्त्री प्रचण्ड हाङ्जाओबाट भोलि राजधानी बेइजिङ जाने कार्यक्रम रहेको छ । बेइजिङमा सेप्टेम्बर २५ मा चिनियाँ समकक्षी लि छियाङसँग उनले द्विपक्षीय वार्ता गर्नेछन्। यसैगरी उनले चिनियाँ राष्ट्रिय जनकङ्ग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री प्रचण्डको सम्मानमा बेइजिङस्थित नेपाली राजदूतावासले रात्री भोजको आयोजना हुनेछ । बेइजिङमा आयोजना हुने चीन–नेपाल लगानी सम्मेलनलाई उनले सम्बोधन गर्ने कार्यक्रम छ।

बेइजिङबाट प्रधानमन्त्री प्रचण्ड २६ सेप्टेम्बरमा चीनको चोङछिङ पुग्नेछन् । उनले त्यहाँ कृषि र औद्योगिक क्षेत्रमा गरेको विकासको अवलोकन गर्नेछन् । त्यसपछि उनी तिब्बत स्वशासित क्षेत्रको ल्हासाको भ्रमण गर्नेछन् । प्रधानमन्त्री प्रचण्ड ल्हासाबाट सेप्टेम्बर ३० मा काठमाडौं फर्किनेछन् ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ४ : ०० बजे

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु

बारा । मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको

विपद्का कारण भदौ १३ गतेदेखि हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न सरकारको निर्देशन

काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएपछि सरकारले

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

वाशिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग

गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थान, महत्त्वपूर्ण धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड-तिर्थाटनसँग जोडिएको

भोटेकोशी बाढी : सुनसरीका १५ जना सम्पर्कविहीन

सुनसरी । रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका