२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

क्यान्सर अस्पताल खजुरालाई सरकारबाट दोब्बर बजेट विनियोजन



खजुरा । संघीय सरकारबाट संचालनमा रहेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताललाई दरबन्दी नदिएपनि यस वर्ष संघीय बजेट भने सरकारले दोब्बर बनाएको छ । बिगत ८ वर्षदेखि काज, करार, ज्यालादारीको भरमा संचालन भइरहेको क्यान्सर अस्पताललाई यस वर्ष अघिल्लो वर्षको तुलुनामा बजेट दोब्बर बनाएको हो ।

धार्मिक उद्देश्य सहित स्थानीय नागरिकहरुले महायज्ञ गरेर स्थापना गरेको अस्पताललाई २०७२ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । त्यस यता संघीय सरकारबाट बिना दरबन्दी अस्पताल संचालन हुँदै आएको छ । सरकारले क्यान्सर अस्पताल सञ्चालनका लागि चालु आर्थिक बर्ष २०८०र८१ मा पुँजीगत र चालु खर्चतर्फ दोब्बर बढी विनियोजन भएको छ ।

चालु आवमा पुँजीगततर्फ १५ करोड र चालुतर्फ १० करोड गरी २५ करोड रुपैयाँ बजेट विनियोजन भएको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले जानकारी दिए ।

उनले लगातार दरबन्दी स्वीकृतिकालागि माग गरिएपनि दरबन्दी भने स्वीकृत नभएको बताए । सरकारले विनियोजन गरेको बजेट बृद्दीले दरबन्दी पनि छिट्टै स्वीकृत हुने आशा पलाएको उनले बताए ।

मल्लका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अघिल्ला आर्थिक वर्षहरुमा पुँजीगततर्फ ६ करोड र चालु खर्चतर्फ चार करोड गरी १० करोड रुपैयाँ मात्रै बजेट विनियोजन गर्दै आएकोमा यस बर्ष उल्लेख्य मात्रामा बजेट विनियोजन गरेको हो ।

बजेट थप भएपछि क्यान्सरको उपचारका लागि नयाँ उपकरण सञ्चालन तथा अन्य सेवा सञ्चालनका लागि सहयोग पुग्ने अस्पताल विकास समितिले जनाएको छ ।

अस्पतालमा शुक्रबारदेखि सम्पूर्ण साधारण शैयाहरु निःशुल्क गरिएको छ । साथै अस्पतालमा भर्ना भएका अति विपन्न बिरामीलाई निःशुल्क खानाको पनि व्यवस्था भएको अस्पतालका निर्देशक डा. निरज भट्टराईले जानकारी दिए ।

अस्पतालमा जडानको क्रममा रहेको लिन्याक मेशिन सञ्चालनमा आएसँगै क्यान्सरका सबै उपचार सेवा खजुराबाटै दिन सकिने उनले बताए ।

क्यान्सर अस्पताल निर्माणको प्रारम्भिक शुरुवात प्रखर परोपकार मिसनमार्फत खजुराबासीले गरेका थिए । सन्त दीनदयाल जीको संकल्पमा खजुराका स्थानीय बासिन्दाले धार्मिक महायज्ञ मार्फत मुठीदान सङ्कलन गरी निर्माण शुरु गरेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल २०७२ सालमा सरकारलाई हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ८ : ५० बजे

यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय १५ दिन बन्द

दार्चुला । दार्चुलाको अपी हिमाल गाउँपालिकामा यार्सागुम्बा सङ्कलनको सिजन सुरु

प्रगतिशील सङ्गीत उत्सवः नौ बुँदे घोषणापत्र जारी

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाडौँको आयोजनामा

अस्थायी बसोबासमा नयाँ सहारा : खरिपाटी ‘होल्डिङ सेन्टर’ मा सुकुमवासीहरूको दैनिकी

काठमाडौँ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र अस्थायी

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालगन्ज । द्वन्द्वकालमा बन्द रहेको बाँकेको नरैनापुरस्थित छोटी भन्सार कार्यालय

उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम