३० बैशाख २०८१, आइतबार | May 12, 2024

लोक दोहोरी गीतको संरक्षणमा सरकारले चासो नदिएको सरोकारवालाहरुको गुनासो



बुटवल । लोक दोहोरी गीतको संरक्षणमा सरकारले चासो नदिएको सरोकारवालाहरुले गुनासो गरेका छन् । अहिले ३ तहको सरकार रहेपनि सरकारले नेपालीको पहिचानको रुपमा रहेको लोक दोहोरी गीतको संरक्षण, प्रर्वद्धनमा ठोस कदम चाल्न नसकेको बताएका हुन ।

राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपाल रुपन्देहीको १५ औं साधारणसभामा बोल्दै केन्दीय सल्लाहकार खेम बहादुर हमालले लोक दोहोरीको संरक्षणमा सरकार उदासिन भएको बताए । उनले लोक दोहोरी नेपालीहरुको पहिचान भएको भन्दै यसको लागि सबैले हातेमालो गरेर संरक्षण र प्रर्वद्धन गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव दिपक गरौजा, केन्द्रीस्य सह सचिव सिता राना मगर, केन्द्रीय सदस्य पुरुशोत्तम भण्डारी, डिल्ली नारायण पाण्डेय, निर्वतनामा केन्द्रीय सचिव प्रचण्ड जिसी, पुर्व केन्द्रीय सदस्य नाराण खनाल, प्रदेश अध्यक्ष दिपु मगर, पत्रकार हरिष ढकाल लगायतले आ आफ्नो भनाई राखेका थिए । सोही कार्यक्रममा लोक पत्रकारिता पुरस्कार बाट पत्रकार सञ्जु पौडेललाई पुरस्कृत गरिएको जिल्ला अध्यक्ष विजय सापकोटाले जानकारी दिए । कार्यक्रमको संचालन प्रतिस्थानका सचीव बिधान कार्कीले गरेका थिए ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ८ : ०१ बजे

राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालको राजीनामा स्वीकृत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले

बालेन भन्छन्- गिरीबन्धु टि-इस्टेट प्रकरणमा तत्कालिन ओली नेतृत्वको सरकारलाई कारवाही गर्नुपर्छ

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले  झापास्थित गिरीबन्धु चिया

संसदीय समिति बनाउन प्रधानमन्त्री सकरात्मक हुनुहुन्छ- कांग्रेस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफल सकारात्मक भएको

भरतपुरमा अज्ञात समूहले स्कुल बसमा आगजनी

चितवन ।  चितवनको भरतपुरमा विद्यार्थी लिन गएको स्माल हेभन स्कुल

तिलोत्तमाको शंकनगरचोकमा स्कुटर ठोक्किंदा २ जना घाइते, एकको अवस्था गम्भीर

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका २ शंकरनगरचोकमा दुई स्कुटी एक