२१ माघ २०८२, बुधबार | February 4, 2026

राष्ट्रिय समावेशी आयोगद्वारा वरिष्ठ पत्रकार रिसाललाई सम्मान



काठमाडौं । राष्ट्रिय समावेशी आयोगले वरिष्ठ पत्रकार भैरव रिसाललाई सम्मान गरेको छ । आयोगका अध्यक्ष डा रामकृष्ण तिमिल्सिनासहितको पदाधिकारी टोलीले अनामनगरस्थित रिसाल निवासमै पुगेर उनलाई सम्मान गरेको हो ।

त्यस अवसरमा टोलीले आयोगको कार्यक्षेत्र, जिम्मेवारी र गरिरहेको कार्यसम्पादनबारे वरिष्ठ पत्रकार रिसाललाई जानकारी गराउँदै कार्य जिम्मेवारीलाई थप प्रभावकारी तुल्याउन राय, सल्लाह र सुझाव माग गरेको थियो ।

वरिष्ठ पत्रकार रिसालले आफनो दीर्घ जीवनको रहस्य सुनाउँदै कर्तव्य पूरा गर्ने, भोलिको चिन्ता नगर्ने र नढाँट्ने विषयले आफूलाई समाजमा परिचित गराएको बताए । छ्यानब्बे वर्षीय रिसालले भने, “समाजमा ढाँट्न हुन्न भन्ने मान्यता राखिन्छ, तर राजनीतिमा नढाँटी नहुने रैछ, अनि कसरी देशले समृद्धि हासिल गर्न सक्ला ? पनाती पुस्तासम्म देखेको छु, अहिले पनि मेरो जीवन राम्रो छ ।”

उनले देशको विकास होस्, सबै नेपालीले मिठो मसिनो जे जुट्छ खान पाओस, भोको पेट बस्न नपरोस, राजनीतिमा लागेका नेताले कसैलाई पनि नढाँटुन भन्ने आफूले कामना गरेको बताए ।

अध्यक्ष तिमिल्सिनाले नेपाली समाजमा जेष्ठ नागरिकमध्ये पत्रकार रिसाल बौद्धिक, सक्रिय र प्रेरणादायी भएकाले भेटेर छलफल गर्न, अनुभव सुन्न र जानकारी हासिल गर्न तथा आर्शिवाद प्राप्त गर्न आएको जानकारी गराए ।

पत्रकार रिसालले अब आफ्नो जन्म दिवसमा पुस्तक प्रकाशन गर्ने भन्दा बाहेक अरु इच्छा नरहेको बताउँदै जनचाहनाअनुरुप देश विकासको पथमा नहिँडेकाले ओहदामा बस्नेलाई मुलुकको हितमा काम गर्न सुझाव दिए ।

अध्यक्ष तिमिल्सिनाले भने, “नेपाल देश र नेपालीको पहिचानको बोध विश्वभर चिनाउने अभियानमा आयोगले काम गरिरहेको छ । विद्यालयका पाठ्यक्रममा नेपाल देखिने शिक्षा प्रवद्र्धन गर्न र संस्कारयुक्त नागरिक तयार गर्नुपर्छ भन्ने मान्यतालाई दृढताका साथ अघि बढाइरहेको छ ।”

आयोगले ज्येष्ठ नागरिक, कर्णाली, पीछडिएको क्षेत्र, विभिन्न जातजातीलगायत १० वटा क्षेत्रमा कार्यविभाजन गरी काम गर्दै आएको छ । टोलीमा आयोगका सदस्यहरु विष्णुमाया ओझा, हरिदत्त जोशी, पुष्पराज तिमिल्सिना र मानप्रसाद खत्री थिए ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ३ : ४३ बजे

‘सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन’ काठमाडौं-८ का उम्मेदवारको मुख्य मुद्दा

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र

अस्थायी मतदाताका निम्ति बाँकेमा तीन केन्द्र

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताका लागि तीन मतदान

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु

स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानको प्रयास