१८ माघ २०८२, आइतबार | February 1, 2026

मधेस कै सबैभन्दा ठुलो ताल महोत्तरीमा निर्माण गरिने



महोत्तरी । ममधेसको चुरे काक्षमा पानी पुनर्भरण गर्ने उद्धेश्यले बनेका ताल र पोखरीहरु पछिल्लो समय पर्यटकीय केन्द्रको रुपमा विकास हुँदै गएका छन ।

सर्लाहीको बागमती नगरपालिकामा बनेको बहुचर्चित भरत तालको निर्माणले पर्यटकिय हिसाबले मात्र आकर्षण बनेको छैन, किसानहरुको लागि समेत उपयोगी सावित बन्दै गएको छ । चुरे अतिक्रमणका कारण पानीका मुहानहरु सुकिरहेको जनगुनासो बढीरहेको बेला स्थानिय सरकारले समेत रिचार्ज पोखरी र ताल निर्माणमा ध्यान दिन थालेका छन ।

यसै सन्दर्भमा महोत्तरीको उत्तरवर्ती क्षेत्र बर्दिबासमा बन्न लागेको मधेश कै सबैभन्दा ठूलो तालले स्थानिय सरकारहरु चुरे संरक्षणमा संवेदनशील बन्दै छन भन्ने विषयलाई प्रमाणित समेत गरेको छ । बर्दिवास-३ स्थित पुछर पाटुमा रहेको नदी उकास जग्गा अतिक्रमण भैइरहेको गुनासोलाई मध्यनजर गर्दै स्थानिय सरकारले विशाल पर्यटकिय तालको गुरुयोजना अगाडि बढाएको हो । जसका लागि प्रारम्भिक चरणमा काम गर्न नगरले २० लाख बजेट समेत विनियोजित गरिसकेको रातु नदीको छेउमा नै रहेको उक्त ठाउँ झण्डै ३ किलोमिटर वरपरसम्म फैलिएको छ ।

रातु नदीको नदी उकास जग्गालाई उपयोग गर्दै मधेस कै सवैभन्दा ठुलो ताल निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ । बर्षौदेखी हकभोग गर्दै आएका जग्गालाई समेत मुआब्जा प्रदान गर्ने र पानीको समस्यालाई समेत ताल बनाएर होल्ड गर्दा पानीको अभाव समेत परिपुर्ति हुने भएकाले तालको परिकल्पना गरिएको नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले बताए । २०५० को दशकमा आएको बाढीले ताल निर्माण गर्ने भनिएको ठाउँमा बगर बनाएको थियो । स्थानियहरुले थप बाढीले असर नपुर्‍याओस भन्ने उदेश्यले केही साल, सिसौको बिरुवा रोपे तापनी त्यस्को उचित संरक्षण हुन सकेको थिएन । रातु नदिको दायाँबायाँ किनारामा राष्ट्रपती चुरे संरक्षणले बलियो तटबन्धन गरे पछी उक्त जग्गालाई स्थानियहरुले नै अतिक्रमण गर्दै आएका छन ।

चुरे जलाधार संरक्षणमा चुरे क्षेत्रमा तालतलैया र पोखरी बनाए पछिल्लो समय बढदै गएको पानीको समस्यालाई न्यूनीकरण गर्न सकिने बताउदै मधेस प्रदेश वन तथा वातावरण मन्त्री रमेश प्रसाद कुर्मीले पनि नगरको पवित्र उद्धेश्यमाथी हातेमालो गर्ने प्रतिबद्धता जनाएका छन । गत आइतबार मात्रै स्थलगत अवलोकन गरेका मन्त्री कुर्मीले पारिस्थितिक प्रणालीलाई सन्तुलन बनाई राख्न र चुरे संरक्षण गर्न यस्ता खाल्का कामहरुको जरुरी भएको बताए ।

यता महोत्तरी जिल्ला वन कार्यालयका कार्यालय प्रमुख सन्तोष यादवले पनि बनको अधिकार क्षेत्रमा आईपरेका कामहरुमा सहजीकरण गर्ने बताएका छन । मधेसमा नै सबैभन्दा ठुलो तालको निर्माणले पर्यटन क्षेत्रमा श्रीवृदी हुने सरोकारवालाहरुको विस्वास छ । नदी उकास जग्गाको नाममा चरम अतिक्रमणको चपेटामा पर्दै आएको यस क्षेत्रमा नगरको गुरुयोजनाअनुसार ताल निर्माण भए स्थानियहरुको आयआर्जनमा मात्र हैन, नगरको समेत मुख्य आयस्रोत बन्न सक्ने अनुमान गरिएको छ ।

वडा अध्यक्ष बिराट बिष्टले विशाल मानवनिर्मित ताल बनाउने विषयमा वडावासीहरुसगँ प्रारम्भिक छलफल अगाडी बढाईसकिएको जानकारी दिए ।

 

 

 

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ७ : १७ बजे

रुपन्देही उद्योग संघले बनायो २ वर्षे कार्ययोजना

बुटवल । रूपन्देही उद्योग संघले आगामी दुई वर्षको कार्ययोजना तयार

इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई । इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले

रुपन्देहीको विकास अध्ययन गर्न योजनाविदलाई बिष्णु पौडेलको आग्रह

बुटवल । पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष बिष्णु

भारतको बजेट : पूर्वाधार र उत्पादनमा ठूलो लगानी

नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले अस्थिर वित्तीय बजार र

नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक