८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

बुटवल उद्योग वाणिज्य संघ : व्यवसायिक संस्था कि सामाजिक सेवा गर्ने क्लब ?



बुटवल । नेपालकै जेठो उद्योग वाणिज्य संघ मध्यको एक उद्योगी व्यवसायीहरुको छाता संगठन बुटवल उद्योग वाणिज्य संघ दिनदिनै साँघुरो बन्दै गएको छ । कुनैबेला बुटवलका उद्योगी र व्यवसायीको आवाजले देशको आर्थिक एजेण्डा बन्ने गरेकोमा पछिल्लो समय बुटवलमा दर्जन बढी व्यवसायिक संस्थाहरु खुलेपछि बुटवलको एकीकृत आवाज कमजोर बन्दै गएको देखिएको छ ।

उद्योगी र व्यवसायीका एजेण्डाबाट टाढिँदै गएसँगै बुटवल उद्योग वाणिज्य संघको गरिमा पनि घट्दै गएको बुटवलका पुराना व्यवसायीहरु बताउँछन् । उद्योग वाणिज्य संघको नेतृत्व गर्नेहरुमा व्यवसायिक हकहित भन्दा अन्यत्र बढी चासो देखिन थालेपछि संघको आकार घट्दै गएको ती व्यवसायीको ठहर छ ।

कुनैबेला सबै उद्योगी व्यवसायीको साझा आवाज बन्ने गरेको बुटवल उद्योग वाणिज्य संघ जस्तै बुटवलमा धेरै संघहरु खुलेका छन् । झण्डै सबै राजनीतिक दललाई भाग पुग्ने गरि खुलेका त्यस्ता संघहरुले आफुलाई उद्योगी व्यवसायीको संगठन बताउने गरेपनि मुलतः कुनै न कुनै दलबाट निर्देशित हुने गरेका छन् ।

उद्योगी व्यवसायीहरुले आस्थागत संगठन खोल्न थालेपछि पुरानो भनिएको बुटवल उद्योग वाणिज्य संघ पनि अमुक दलको भातृसंगठन जस्तै बनेको बुटवल अमरपथमा एक व्यापारीले नाम नछाप्ने शर्तमा भने । ‘बामपन्थीहरुले आ-आफ्ना आस्थाका व्यवसायीक संगठन खोलेपछि बुटवल उद्योग वाणिज्य संघ कांग्रेसको भातृ संगठनमा सिमित भयो ।’ ती व्यापारीले भने ।

व्यापारीको एजेण्डा छाडेर क्लब जस्तै तरीकाले संघ चलेपछि संघको सदस्यता त्यागेर अन्य संघमा सदस्य बन्न जानेको संख्या ठुलो रहेको व्यवसायीहरु बताउँछन् । संघले उद्योगी व्यवसायीको भन्दा श्रमिकको, सामाजिक संस्थाको, एनजीओको तथा दल र सरकारको आवाज मात्र बोल्ने गरेको व्यवसायीहरुको आरोप छ ।

२०१० को दशकबाटै उद्योगी व्यवसायीलाई संगठित गरेको बुटवल उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि यही असोज १९ गतेदेखि ७० औं साधारणसभा तथा २५ औं अधिवेशन हुने भएको छ ।

संघको नयाँ नेतृत्वका लागि व्यवसायीहरू दुई छुट्टाछुट्टै समूह बनाएर आन्तरिक प्रचारप्रसार तथा भेटघाटलाई तिब्र पारेका छन् ।

यस वर्ष पनि संघको पूर्व वाणिज्य उपाध्यक्ष तथा यस अघिका अध्यक्षका प्रत्यासी हरीप्रसाद अर्यालले आफुलाई अध्यक्षको उम्मेदवारका रुपमा घोषणा गरेका छन् भने संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठलाई संघको संस्थापन पक्षले उम्मेदवारका रुपमा प्रस्तुत गरेको छ ।

दोस्रो पटक अध्यक्ष पदमा उम्मेदवार बन्दै गरेका हरीप्रसाद अर्यालले संघ उद्योगी व्यवसायीको भन्दा सामाजिक संस्था जस्तो देखिएको टिप्पणी गरे । उनले संघले उद्योगी व्यवसायीको एजेण्डा छाडेर सामाजिक सेवामा मात्र सिमित भएको र संघ संघ जस्तो नभएर क्लब जस्तो देखिएकाले आफ्नो उम्मेदवारी घोषणा गरेको बताए ।

करमा परेको व्यवसायिक समस्या, घरधनी र व्यवसायीबीचको समस्या, स्थानीय, प्रदेश र संघीय सरकारमा व्यवसायिक एजेण्डा स्थापित गर्ने सवाल आफ्नो मुख्य विषय हुने अर्यालले बताए । उनले भन्सार, कर, विद्युत, पार्किङ जस्ता समस्याबाट उद्योगीव्यवसायी समस्यामा पर्ने गरेको र तीनै विषय आफ्नो एजेण्डा हुने स्पष्ट पारे ।

संघले व्यवसायीको पक्षमा काम गर्न नसकेकोमा अर्का अध्यक्षका प्रत्यासी दिनेश प्रसाद श्रेष्ठ पनि सहमत छन् । उनले संघमा रहेका केही नेतृत्वका कारण संघ संघ जस्तो नदेखिएको स्वीकार गरे । उनले प्रतिस्पर्धी संघ, प्रतिस्पर्धी व्यवसायी र पर्यटन सहितको बुटवलकारुपमा लैजानु आफ्नो उम्मेदवारीको मुख्य उद्देश्य रहेको बताए । बुटवललाई पुरानो बुटवलको लयमा लगेर त्यसमा पर्यटन जोड्ने लक्ष्यका साथ आफ्नो उम्मेदवारी रहने उनले बताए । उनले संघको नेतृत्व दलगत भावनाबाट अभिप्रिरेत हुन नहुने बताउँदै बुटवलमा खुलेका अधिकांश व्यवसायिक संस्थाहरु दलगत भावनाबाट संचालित रहेको पनि आरोप लगाए ।

बुटवलको गिर्दो व्यापारलाई पुरानै लयमा फर्काउने एजेन्डा आफूसँग रहेको अर्यालको दाबी छ भने पर्यटनलाई जोडेर आधुनिक बुटवल निर्माण गर्ने श्रेष्ठको एजेण्डा रहेको छ ।

अर्याल कार्यसमिति सदस्य, महासचिव र वाणिज्य उपाध्यक्ष भइसकेका व्यक्ति हुन् भने, श्रेष्ठले ४ कार्यकाल कार्यसमिति सदस्य, १ कार्यकाल सचीव, १ कार्यकाल कोषाध्यक्ष, १ कार्यकाल महासचिव हुँदै वर्तमान वरिष्ठ उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् ।

अर्यालले वरिष्ठ उपाध्यक्षमा टंकप्रसाद गैरे, उद्योग उपाध्यक्षमा सुरज भट्टराई, वाणिज्य उपाध्यक्षमा बिमलराज भट्टराई, महासचिवमा मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्षमा बसन्त ढकाल, सचिवमा भेषराज गैरे र सह कोषाध्यक्षमा धनाकुमारी खनाललाई अघि सारेका छन् ।

त्यस्तै श्रेष्ठले पनि वरिष्ठ उपाध्यक्षमा टंक गैरे, उद्योग उपाध्यक्षमा नवीन श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा बिमलराज भट्टराई, महासचिवमा बाबुराम विक, कोषाध्यक्षमा प्रकाशकुमार श्रेष्ठ र सचिवमा प्रतीक पौडेललाई अघि सारेर चुनावी प्रतिस्पर्धा गर्ने तयारीमा देखिन्छन् ।

बुटवल उद्योग वाणिज्य संघ निजी क्षेत्रको काठमाडौं बाहिरको ठूलो व्यावसायिक संस्था भएकाले यसको नयाँ नेतृत्व चयनलाई चासोका साथ हेरिँदै आइएको छ ।

अधिवेशनले तीन वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्नेछ । संघमा एक हजार ७ सय ७८ व्यवसायी आवद्ध छन् ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  १० : २१ बजे

प्रधानमन्त्रीको सम्पत्ति : एउटा घर, एउटा घडेरी, ५ तोला सुन

काठमाडौं । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक

काठमाडौंमा राप्रपाको मोटरसाइकल ऱ्याली

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाल सरकार समक्ष पेश गरेको

बाँकेमा हुरीबतास र असीनापानीले विद्युत् आपूर्ति प्रभावित, ठुलो परिमाणमा कृषि उत्पादन नष्ट

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका र आसपासका क्षेत्रमा सोमबार बेलुकाको

योगेशको टिप्पणी – संसदीय छानबिन समिति माग गरेर कांग्रेस फस्यो

काठमाडौ। नेकपा एमालेका सचिव योगेश भट्टराईले सहकारी प्रकरणमाथि छानबिन गर्न

४६ वर्षमा पूरा नभएको लुम्बिनीको गुरुयोजना कहिले होला सम्पन्न ?

बुटवल । आज भन्दा ५७ वर्ष अगाडिसम्म गौतम बुद्ध लुम्बिनीमा