२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

बेलहिया नाकामा अमेरिकन नागरिकलाई स्वागत गर्दै विश्व पर्यटन दिवसको थालनी



बुटवल । भारतिय बाटो हुँदै रुपन्देही प्रवेश गरेका पर्यटकलाई स्वागत गर्दै भैरहवामा ४४ औं विश्व पर्यटन दिवस मनाइएको छ । नाट्टा लुम्बिनी प्रदेश समितिले बेलहिया नाकाबाट नेपाल भित्रिएका पर्यटकलाई स्वागत गरेर पर्यटन दिवस मनाएको हो ।

नाट्टा लुम्बिनीका वरिष्ठ उपाध्यक्ष चन्द्र थापा सहितको टोली आज बिहानै पर्यटक स्वागतका लागि बेलहिया नाका पुगेका थिए । टोलीमा कार्य समितिका पदाधिकारी सदस्य तथा सुरक्षाकर्मी सहभागी रहेका थिए ।

नाट्टाले बेलहिया नाकाबाट पहिलो प्रवेश गर्ने ५ जना विदेशी पर्यटकलाई सुरुवाती स्वागत गरेको नाट्टाकी प्रदेश अध्यक्ष रचना पन्तले बताइन् । उनले आज दिनभरी नै नवश्व पर्यटन दिवस हर्ष उल्लासका साथ मनाउने गरि तयारी गरिएको बताइन् ।

नेपाल प्रवेश गर्ने जापानी मूलका ५ अमेरिकी नागरिकलाई नाका पुगेको टोलीले नेपाली संस्कृति अनुसार स्वागत गरेका थिए । दिवसको समापन भने १३ गते जितगढ़ीमा काठमाडौंबाट आउने  साइकलयात्रीहरुलाई स्वागत गरेर गरिने पन्तले बताइन् ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ८ : ३९ बजे

ढुङ्गामा हात्तीको आकृति

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका-१ हात्तिबाङमा ढुङ्गामा हात्तीको आकृति बनाउँदै

आजदेखि मातातीर्थ मेला सुरु

काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

सुर्यको शतकसँगै सनराइजर्समाथि मुम्बई ७ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले सनराइजर्स

सभामुखले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष

नेपाल इङल्याण्ड सी सँग २-० ले पराजित

काठमाडौं । नेपाल इङल्याण्डको सी  टिमसँग पराजित गरको छ ।