१२ असार २०८३, शुक्रबार | June 26, 2026

पर्यटन दिवसमा मोटरसाइकल ¥याली तथा शुभकामना आदानप्रदान



बुटवल । ४६ औं विश्व पर्यटन दिवसको अवसरमा रुपन्देहीमा मोटरसाइकल ¥याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जेनजी आन्दोलनपछि पर्यटन क्षेत्रमा सुरक्षाको विषयमा बढ्दो चिन्ता मध्यनजर गर्दै “नेपाल सुरक्षित गन्तव्य” भन्ने नारासहित होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले कार्यक्रम आयोजना गरेको हो ।

संघमा आवद्ध व्यवसायीहरू नेपाल ईज सेज डेस्टिनेशनल अंकित टिसर्ट लगाएर मोटरसाईकलमा सहभागी भएका थिए । बुटवलबाट सुरु भई बेलहिया पुगेको ब्यवसायीहरुले स्थलमार्गबाट आएका सात जना पर्यटकलाई खादामाला र नेपाली ढाकाटोपीसहित स्वागत गरे ।

कार्यक्रममा कार्यक्रममा रुपन्देही जिल्ला प्रशासन कार्यालयका प्रमुख टोकराज पाण्डे, संघका अध्यक्ष माधव कुमार खनाल, प्रमुख सल्लाहकार माधव प्रसाद नेपाल, संघका प्रदेश अध्यक्ष महेन्द्र श्रेष्ठ, होटल ब्यवसायी महासंघका उपसचिव राजेश महहोत्रा, नाटा रुपन्देहीका अध्यक्ष चन्द्र बहादुर थापा, नाटा लुम्बिनी प्रदेशका सल्लाहकार कृष्ण प्रसाद अधिकारी (सागर), संघका वरिष्ठ उपाध्यक्ष अर्जुन थापाले अष्ट्रेलियन पर्यटक बारबारा खादा, माला र मायाको चिनोसहित स्वागत गरे ।

कार्यक्रममा रुपन्देही जिल्ला प्रशासन कार्यालयका प्रमुख टोकराज पाण्डेले पेशा ब्यवसायलाई निर्धक्क अघि बढाउन आग्रह गरे । सुरक्षामा देखिने कुनै पनि समस्या समाधान गर्न आफु निरन्तर लागेको भन्दै उनले सुरक्षा निकाय र प्रशासनबाट आवश्यक सहकार्य चलिरहेको बताए ।

कार्यक्रममा नाटा लुम्बिनी प्रदेशका सल्लाहकार कृष्ण प्रसाद अधिकारी (सागर)ले दक्षिण एशियाली पर्यटकहरुको लागी गुणस्तरीय र सस्तो पर्यटन क्षेत्रका रुपमा नेपाल रहेको बताए । भौगोलिक बनावटका हिसाबबाट पनि मास पर्यटन भन्दा पनि गुणस्तरिय पर्यटनमा जोड दिने गरि निति सरकारबाट बनाउनुपर्ने बताए ।

कार्यक्रममा नाटा रुपन्देहीका अध्यक्ष चन्द्र बहादुर थापाले पछिल्लोसमय देशमा पर्यटक पर्यटन प्रवद्र्धन जस्तो साझा चासोको विषयलाई सरोकारवालाहरुको समन्वय जरुरी रहेको बताए ।

यसैगरि पर्यटन दिवसको अवसर पारेर रुपन्देहीका सम्पूर्ण होटलहरुमा असोज ११ गतेदेखि १७ गतेसम्म लजिङ र फुडिङमा १५ प्रतिशत छुट दिने निर्णय भएको संघका अध्यक्ष माधव खनालले बताए । उनका अनुसार पछिल्लो समय सामाजिक सञ्जालमा फैलिरहेका नकारात्मक प्रचारलाई खण्डन गर्दै नेपालको पर्यटन छविलाई बलियो बनाउन कार्यक्रम आयोजना गरिएको उनले बताए ।

दुई रात ३ दिनको प्याकेज दुर सार्वजनिक

यसैबिच बुटवलस्थित संघको कार्यालयमा गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डेले रुपन्देही टुर प्याकेज सार्वजनिक गरेका छन । आतिथ्यता, सुरक्षित बसाई, स्वास्थ्यकर खाना हाम्रो पहिचान, आन्तरिक पर्यटन प्रवद्र्धन, कलासंस्कृतिको संरक्षण हाम्रो अभियान नारासहित २ रात र ३ दिनको प्याकेज टुर कार्यक्रम सार्वजनिक गर्दै यसबाट सुनौली, लुम्बिनी, बुटवल, बुद्धसर्किट, रात्रीकालिन कालिकापथ, हिलपार्क, सिद्धबाबा मन्दिर, केवलकार हुदै कामाख्या मन्दिर, अर्को केवलकार हुदै नुवाकोट, मणिमुकुन्द सेन उद्यान, जितगढी किल्ला, शंकरनगर बनबाटिकासहित ब्यापारिक केन्द्र बुटवल बजार किनमेल समेतको रहेको उनले बताए ।

यो प्याकेज ४ जनाभन्दा माथिको संख्यामा लागू गर्न सकिने भन्दै यसको ८ हजार रुपैया मुल्य तोकिएको र जसमा बालबालिकाहरु २५ देखी ५० प्रतिशत तथा १६ जनाभन्दा बढी संख्या भएमा १५ प्रतिशत छुट दिने समेत बताए । संघको पाच सदस्यिय टिमबाट लामो अध्ययन गरि पर्यटन प्याकेज तयार गरिएको उनले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले विषम परिस्थितिमा पनि होटल ब्यवसायीहरुबाट भएको कामलाई प्रशंसनिय भएको बताए । स्थानिय सरकार सधै साथमा रहने उनले प्रतिवद्धता जनाए । होटल र पर्यटन क्षेत्रमा ग्रहण लागेको भन्दै यसलाई चिर्ने यसबाट मद्यत मिल्ने बताए ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष बिमल भटटराई, रुपन्देही उधोग संघका उपाध्यक्ष हरि खत्री, संघका सल्लाहकार बालाराम भटटराई, संघका वरिष्ठ उपाध्यक्ष अर्जुन थापा, कोषाध्यक्ष अर्जुन पोखरेल, सचिव तुल्सीराम पराजुलीले शुभकामना दिए ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ३ : ४१ बजे

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३

श्रीमती हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनि काठमाडौं । आगामी

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण

राष्ट्रियसभा बैठक : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको