६ पुस २०८२, आइतबार | December 21, 2025

पैगम्बर हजरतको १४९८ औं जन्मोत्सवको अवसरमा अनाथ आश्रमलाई खाद्यान्न वितरण



बुटवल । बुटवलमा रहेको रजा-ए-मुस्तफा जामे मस्जिद समितिको आयोजनामा नेपाल अपाङ्ग आश्रमका अपाङ्गहरुलाइ खाद्यान्न वितरण गरिएको छ । ईस्लाम धर्मावलम्बीहरुको पैगम्बर हजरत मुहम्मद मुस्तफा स्वल्लल्लाहो अलैहे वसल्लमको १४९८ औं जन्मोत्सवको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

मानवता एवं भावनात्मक हिसाबले आश्रममा रहेका त्यस्ता अपाङ्गहरुको मनोबलमा सकारात्मक प्रभाव परोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको समितिका अध्यक्ष हाजी मोहम्मद ईस्माईलले बताएका हुन ।

नेपाल अपांग आश्रमका संचालक डोलबहादुर थापाको प्रमुख आतिथ्यतामा सप्पन्न उक्त कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष हाजी मोहम्मद ईस्माईल अलिले गरेका थिए ।

कार्यक्रममा समितिका वरिष्ठ उपाध्यक्ष हाजी अब्दुल सहमतले इस्लाम धर्मावलम्बीहरुको ठुलो चाडलाई रचनात्मक रुपमा मनाउने गरि यो वर्ष फरक कार्यक्रमहरु गरिएको भन्दै ईस्लामिक अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता, आश्रमलाई सहयोगका कार्यक्रम सम्पन्न भएको बताए । बुधबार साझ मिलादुननबी र विहिबार बिहान जन्मजयन्तीको खुशियालीमा बाजागाजासहित बजार परिक्रम कार्यक्रम हुने उनले बताए । हाल बुटवल उपनगरपालिकामा ५ हजार ईस्लाम धर्मावलम्बीहरु समुदायमा रहेका छन ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ४ : ०२ बजे

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा

यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा