२ कार्तिक २०८३, सोमबार | October 19, 2026

मूल्यवृद्धि नियन्त्रण गर्न सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण



काठमाडौं । दशैँलगायतका चाडबाडमा नजिकिँदै गर्दा चिनीलगायत दैनिक उपभोग्य वस्तुमा भइरहेको अस्वभावविक मूल्यवृद्धि र कालोबजारी नियन्त्रणका लागि सांसदहरुले सरकारलाई सजग र सचेत रहन सुझाव दिएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखासमितिको आजको बैठकमा भाग लिने अधिकांश सदस्यहरुले चाडबाडका समयमा कृत्रिम अभाव सिर्जना गरी हुनसक्ने भन्दै त्यस्ता गतिविधमा समयमै ध्यान पु¥याउन समितिमार्फत सरकारको ध्यानाकर्षण गराए ।

बैठकमा सदस्य गोकुलप्रसाद बाँस्कोटाले चिनी उत्पादन र आयातकर्ता तथा सरकारबाट सहयोग प्राप्त गर्ने एउटै व्यक्ति भएकाले हरेक वर्ष चाडबाडका समयमा अभाव सिर्जना हुँदै आएको जिकिर गर्दै दैनिक उपभोग्य वस्तु सहज र सुलभ मूल्यमा प्राप्त गर्ने जनताको अधिकारलाई सुनिश्चित गर्न जोड दिए ।

सदस्य राजेन्द्रप्रसाद लिङ्देनले दैनिक उपभोग्यवस्तुमा भइरहेको कालोबजारी र महँगीले उपभोक्ता मारमा परेको भन्दै त्यसतर्फ सरकारको बेलैमा ध्यान जाओस् भनी अपिल गरे । सांसदद्वय अचुत मैनाली र देवप्रसाद तिमिल्सिनाले आवश्यकता भन्दा लाभको दृष्टिकोणबाट मल आयात भएकाले वास्तविक किसानले नभइ अरुले नै फाइदा लिइरहेको बताए ।

समिति सदस्य अर्जुननरसिंह केसीले दशैँको मुखमा कालोबजार मौलाएका अत्यावश्यक खाद्य सामग्रीलगायतमा मूल्यवृद्धि भइ आम जनता त्यसको मारमा परेको भन्दै त्यसतर्फ आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद रामकृष्ण यादवले आर्थिक संकट र महङ्गीले अप्ठेरामा परेका जनतालाई अप्ठेरोमा पार्ने हिसावले केही सीमित व्यापारीले कार्टेलिङ गरी छोटो समयमा धेरै धन कमाउने उद्देश्यले गलत क्रियाकलातर्फ लागेको भन्दै कारबाहीको माग गरे ।

समिति सदस्य तारा लामाले चाडबाडका समयमा अत्यावश्यक खाद्य सामग्री चामल र दालबाहेक चिनीको प्रयोग र खपत कम गर्न जनतालाई आह्वान गर्न आवश्यक रहेको धारणा राखे।

सांसद लेखनाथ दाहालले समितिको प्रभावकारिता बढाउन छलफल र निर्णय गर्ने एजेण्डा प्राथमिकीकरण गर्न, विगतका उजुरी र निर्णय कार्यान्वयनको अवस्था बुझन तथा निर्णयलाई अलपत्र पार्ने निर्णय नगर्न सभापतिमार्फत वैठकलाई अनुरोध गरे ।

समिति सदस्य योगेश भट्टराईले सरकार गठनका समयमा दलहरुबीच राष्ट्रको ढुकुटीको अवस्थालाई विश्लेषण गर्दै नयाँ सवारी साधन नकिन्ने र अत्यावश्यक बाहेक विदेश भ्रमण नगर्ने भनेपनि त्यसको ठाडो उल्लंघन भएको भनी आलोचना गरे ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ५ : १० बजे

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया । घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ

मासु खाँदा हड्डी अड्किए आफैँ निकाल्ने प्रयास नगर्न चिकित्सकको सुझाव

काठमाडौँ । दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा

तीन दिनसम्म सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ । सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको

श्रीमुक्तिनाथ रथयात्रा : मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

काठमाडौं । वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा बडादसैंको शुभकामना

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले बडादसैँ २०८३