९ जेष्ठ २०८३, शनिबार | May 24, 2026

बुटवलका उद्योगी व्यवसायीलाई लाग्यो चुनाव, संस्थापन पक्षबाट दिनेश प्रसाद श्रेष्ठ नेतृत्वको प्यानल घोषणा



बुटवल । नेपालकै जेठो उद्योग वाणिज्य संघका रुपमा परिचय बनाएको बुटवल उद्योग वाणिज्य संघको निर्वाचनको मिति नजिकिँदै गर्दा बुटवलमा उम्मेदवारी घोषणाको थालनी गरिएको छ । आगामी असोज १९ गते हुन गइरहेको कार्यसमिति निर्वाचनका लागि आज संस्थापन पक्षबाट उम्मेदवारी घोषणा गरिएको हो ।

उद्योग वाणिज्य संघको संस्थापन पक्षबाट समावेशी टिम तयार गर्दै वर्तमान वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठको नेतृत्वमा टिमको उम्मेदवारी घोषणा गरिएको छ । उम्मेदवार घोषणा कार्यक्रममा प्रस्तावित उम्मेदवारहरुलाई पूर्व अध्यक्षहरुको जम्बो टिमले परिचय गराएका थिए । यस अघिका ६ जना पूर्व अध्यक्षहरुले टिका र माला लगाईदिँदै प्रस्तावित उम्मेदवारहरुलाई विजयीको शुभकामना दिएका थिए ।

दिनेशप्रसाद श्रेष्ठ समुहबाट वरिष्ठ उपाध्यक्षमा टंकप्रसाद गैरे, उद्योग उपाध्यक्षमा नविनप्रसाद श्रेष्ठ(नवराज), वाणिज्य उपाध्यक्षमा बिमलराज भट्टराई, महासचिवमा बाबुराम बिक, कोषाध्यक्षमा प्रकाशकुमार श्रेष्ठ, सचिवमा प्रतिक पोखरेल र सह कोषाध्यक्षमा जाकिर हुसेनलाई प्रस्ताव गरिएको छ ।

श्रेष्ठले ४ कार्यकाल कार्यसमिति सदस्य, १ कार्यकाल सचीव, १ कार्यकाल कोषाध्यक्ष, १ कार्यकाल महासचिव हुँदै वर्तमान वरिष्ठ उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् ।

उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेदवार श्रेष्ठले बुटवललाई अन्य शहर र बजारसँग प्रतिस्पर्धी बजारका रुपमा विकास गर्ने, राजमार्ग चौराहाबाट गोलपार्क सम्मको अस्तब्यस्त ढल निर्माणको पहल गर्दै सो क्षेत्रलाई व्यवसायिक वातावरण बनाउने, सिमावर्ती भारतिय बजारमा किनमेल गर्ने उपभोक्तामा जागरण ल्याई स्वदशी बजारमा किनमेल गर्न प्रोत्साहित गर्ने कार्यक्रम संचालन गर्ने लगायतका १४ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरे ।

कार्यक्रममा पूर्व अध्यक्षहरु जिवन ओझा, अर्जुनमान सैजु, नवराज श्रेष्ठ, निर्मल लाकौल, सुरेन्द्र श्रेष्ठ, महेशमान सिंह, खिमबहादुर हमालसहित वर्तमान अध्यक्ष उज्वल कसजुको उपस्थिती रहेको थियो ।

संघको ७० औं साधारण सभा तथा २५ औ अधिवेशनमा २ वटा प्यानलले चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् । औपचारिक घोषणा नगरिएपनि व्यवसायी हरिप्रसाद अर्यालले पनि प्यानलसहित अध्यक्ष पदमा  उम्मेदवारी दिने बताउँदै आएका छन् ।

२००९ सालमा बुटवल ब्यापार मण्डलको नामबाट वर्तमान वुटवल उद्योग वाणिज्य संघको जन्म भएको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ६ : ०५ बजे

८ बुँदै घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ बाँकेको १५ औं साधारण सभा सम्पन्न

नेपालगन्ज । ८ बुँदै घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना भारतीय पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको

ऊर्जामन्त्री श्रेष्ठद्वारा स्युचाटारस्थित विद्युत् भार प्रेषण केन्द्रको निरीक्षण

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले स्युचाटारस्थित नेपाल

मदन भण्डारी नेपाली राजनीतिका दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी नेपाली राजनीतिक