४ पुस २०८२, शुक्रबार | December 20, 2025

ग्लोबल आइएमई बैंकको ६६औँ एक्सटेन्सन काउन्टर गुल्मीको इन्द्रेगौंडामा



काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले गुल्मी जिल्लाकोे मुसीकोट नगरपालिका वडा नं ५, इन्द्रेगौंडा बजारमा ६६औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन मुसीकोट नगरपालिकाका मेयर जिवलाल खरेल जीवनले गरेका थिए ।

सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंक वामी शाखाको मातहतमा रहनेगरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो ।

एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा दिने, रेमिट्यान्सको सुविधा प्रदान गर्ने लगायत सबै किसिमका साधारण बैंकिङ्ग सेवाहरु उपलब्ध हुनेछन् ।

सोही अवसरमा बैंकले मुसीकोट नगरपालिका वडा नं ५ वरपरका बासिन्दालाई लक्षित गरी डिजिटल बैंकिङ्ग र रेमिट्यान्स सम्बन्धी वित्तीय साक्षारता कार्यक्रम समेत आयोजना गरेको थियो । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ६ : ४४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको