३ भदौ २०८३, बुधबार | August 19, 2026

वैदेशिक रोजगारलाई अवसरको रुपमा प्रयोग गर्नुपर्छ : श्रममन्त्री भण्डारी



महोत्तरी। श्रम तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारलाई अवसरको रुपमा लिनुपर्ने बताएका छन् ।

सुरक्षित आप्रवासन कार्यक्रम (सामिले) आयोजना गरेको कार्यक्रममा सहभागी हुन महोत्तरी पुगेका मन्त्री भण्डारीले बैदेशिक रोजगारलाई नै ब्यवस्थित बनाउनुको विकल्प नरहेको बताएका हुन् ।

विदेश जानुपर्ने बाध्यात्मक अवस्थालाई अवसरको रुपमा प्रयोग गरे नेपालले सीप र अनुभवलाई भित्र्याएर समृद्ध बनाउन सकिने धारणा ब्यक्त गरेका छन् । वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन श्रम मन्त्रालयवाट ऐतिहासिक कामहरु गरेको बताउदै मन्त्री भण्डारीले बिचौलियाबाट मुक्त बनाउनेदेखि रोजगार गन्तव्य मुलुकसँग नयाँ सम्झौताको लागि समेत प्रक्रिया अगाडि बढाएको बताए । खाडी तथा अन्य मुलुकहरुमा जानेको संख्या मधेश प्रदेशका जिल्लाहरुवाट उच्च रहेको र यस्लाई सुरक्षित बनाउन अर्को चुनौती रहेको मन्त्री भण्डारीको भनाई छ ।

कार्यक्रममा आप्रवासी हकहित संजाल मधेश प्रदेशले विभिन्न १७ वटा बुदाँ सहितको माग राखेर ज्ञापनपत्र समेत बुझाएको छ । ज्ञापनपत्रमा उल्लेख भएका सवै बुद्दाहरुमा कामहरु भएको बताउदै मन्त्री भण्डारीले निकट दिनमा नै त्यस्ले कार्यान्वयनको रुप लिनेमा आश्वस्त बनाए ।

ज्ञापनपत्रमा विमा कम्पनीले मृतक परिवारलाई जवर्जस्ती पुनस् बिमा गराउने, वैदेशिक रोजगार बोर्डवाट प्रदान गरिने उपचार खर्च छिटो, छरितो बनाउनु पर्ने, बैदेशिक रोजगारमा जानेहरुलाई अनिवार्य सिप, तालिमको ब्यबस्था गरिनुपर्ने जस्ता माग राखिएको छ ।

मन्त्री भण्डारीले २०७२ मा घोषणा गरेको फ्री भिषा, फ्री टिकट सस्तो लोकप्रियताको लागि गरिएको बताउदै त्यो व्यवहारतस् नभएको जिकिर गरे । रोजगार गन्तव्य मुलुकहरु मध्ये केही कम्पनीमा यस्तो भएतापनी १० हजार लागतको नाममा मेनपावर व्यवसायीहरुले राज्यलाई नै ठगिरहेको जनाएका छन् ।

‘कागजमा १० हजार तर कामदारसगँ लाखौ रुपैया लिने अनि राज्यलाई कर नतिर्ने विषयमा हामी नया ढंगले काम गरिरहेका छौ’, मन्त्री भण्डारीले भने, ‘अब बिचौलियावाट मुक्त बनाउन मेनपावर व्यवसायी स्थानीय तहको रोजगार शाखामा जोडिने प्रक्रिया पनि अगाडि बढेको छ ।’

 

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ११ : ३१ बजे

फोटो प्रदर्शनीले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल र चाइना

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौँ । सरकारले सङ्घीय अनुदानअन्तर्गत कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीको

सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको परिपत्र

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने