२९ माघ २०८२, बिहिबार | February 12, 2026

आइएमई पेबाट अब एसआइपी इन्स्टलमेन्ट तथा युनिट पर्चेजको भुक्तानी गर्न सकिने



काठमाडौं। आइएमई(पेमार्फत सेवाग्राहीहरुले अब सजिलै आफ्नो सिस्टेम्याटिक इन्भेस्टमेन्ट प्लान ९एसआइपी० को रकम भुक्तानी गर्न सक्ने भएका छन्। एसआइपी भुक्तानी सेवा प्रदान गर्न आइएमई(पेले एनआइसी एसिया क्यापिटल तथा कुमारी क्यापिटलसँग सम्झौता गरेको छ।

सो सम्झौताअन्तर्गत अब आइएमई(पेका सेवाग्राहीहरुले एनआइसी एसिया क्यापिटलको एनआइसी एसिया डायनामिक डेट फन्ड तथा कुमारी क्यापिटलको कुमारी सुनौलो लगानी योजनाको एसआइपी इन्स्टलमेन्ट तथा युनिट पर्चेजको भुक्तानी सहजै गर्न सक्ने कम्पनीले जनाएको छ।

पछिल्लो केही समययता पुँजी बजारमा एसआइपी लोकप्रिय बन्दै गएको छ। त्यसकारण पनि यसको भुक्तानीलाई थप सहज पार्दै आइएमई(पेले आफ्ना सेवाग्राहीहरुको लागि यो सेवा सञ्‍चालन गरेको आइएमई(पेका सीईओ प्रवीण रेग्मीले बताए।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई(पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो।

 

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  १ : ०० बजे

देउखुरीमा अटोरिक्सा र टिपर ठोक्किँदा एक जनाको मृत्यु, पाँच घाइते

दाङ । देउखुरीको कालाकाटे क्षेत्रमा अटोरिक्सा र टिपर एक आपसमा

क्षेत्रीय सहयोग आवश्यक मात्रै होइन, अनिवार्य छ : नेपाल

काठमाडौं । नेपालले बदलिँदो विश्व परिवेशमा क्षेत्रीय सहयोग आवश्यक मात्र

सडक दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

चितवन । स्थानीय गीतानगरमा आज बिहान भएको सडक दुर्घटनामा एक

हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौं । आज हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्र एक महिनासम्म लागू हुने