४ पुस २०८२, शुक्रबार | December 19, 2025

मोरङ्गमा नबिल बैंकको २६६ औं शाखा उद्घाटन



मोरङ्ग । देशकै अग्रणी बैंकको रूपमा परिचित नबिल बैंक लिमिटेडको २६६ औँ शाखा मोरङ्ग जिल्लाको सुन्दर हरैँचा नगरपालिका गोठगाँउ अवस्थित पुर्वाञ्चल विश्वविद्यालय परिसरमा उद्घाटन गरिएको छ । बैंकिङ पहुँच तथा सेवा विस्तार रणनीतिका साथ गोठगाँउमा शाखा विस्तार गरिएको नबिल बैंकले जनाएको छ ।

गोठगाँउ शाखाको उद्घाटन प्रमुख अतिथी पुर्वाञ्चल विश्वविद्यालयका उप कुलपति प्रा.डा.यादव राज कोईराला, नबिल बैंकका संचालक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा अथितिहरु पुर्वाञ्चल विश्वविद्यालयका रजिस्ट्रार निलमणि पोखरेल, उद्योग संघठन मोरङ्गका सभापति राकेश सुराना, नबिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे लगायत बैंकका उच्चअधिकारीहरूको उपस्थितीे रहेको थियो ।

नबिल बैंकका संचालक पौड्यालले पुर्वाञ्चल विश्वविद्यालय, गोठगाँउ क्षेत्रमा सहज वित्तीय पहुँच दिने र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले शाखा विस्तार गरिएको बताए ।

मन्तब्य दिने क्रममा प्रमुख अतिथी कोईरालाले यस क्षेत्रमा नबिल बैंकको उपस्थितिले खुसी तुल्याएको बताए । उनले स्थानीय स्तरमा वित्तीय पहुँच र आर्थिक उपार्जनका क्रियाकलापको लागि बैंकको उपस्थिति अर्थपूर्ण रहने बताए । पुर्वाञ्चल विश्वविद्यालय केन्दीय कार्यालय परिसरबाट हुने बैंकिङ सेवा विस्तारले विश्वविद्यालयका विद्यार्थी, कर्मचारी साथै स्थानिय वासी समेत लाभान्वित हुने कुरा बताए ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले स्वागत मन्तब्य राख्दै पुर्वाञ्चल विश्वविद्यालय, गोठगाँउमा बैंकको व्यवसाय विस्तार मात्रै नभई समुदाय स्तरमा काम गर्ने ध्येय रहेको बताए । ‘हामी यस क्षेत्रको आर्थिक आवश्यकता पूरा गर्न सेवाग्राहीलाई उत्कृष्ट सेवा दिनको लागि हाम्रो प्रयास रहनेछ । साथै निकट भविष्यमा नै विश्वविद्यालयको लागि Auditorium Hall निर्माणमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोग गर्नेमा हामी प्रतिबद्ध रहेका छौं,’ ढुंगानाले बताए ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ५ : ४३ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज