१० चैत्र २०८२, मंगलबार | March 24, 2026

बाढीले जीप बगाउँदा पर्वतमा तीन यात्रु बेपत्ता



पर्वत । पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादी खोलामा आएको बाढीले पोखरा–बागलुङ सडकमा गुडिरहेको जीप बगाउँदा तीन यात्रु बेपत्ता भएका छन् ।

बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग१ज ६२१३ नम्बरको जीप साँझ ६ः३० बजेतिर बाढीले बगाउँदा तीन पुरुषसहित गाडीसमेत बेपत्ता भएको हो । चार जना सवार उक्त जीपमा ड्राइभर भने हामफालेर बाँच्न सफल भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी प्रमुख खुमलाल भुसालका अनुसार जीप र हराइरहेका यात्रुको खोजी कार्य भइरहेको छ ।

घटनास्थलमा बाढीले जीपलाई पुरेको र अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खनेर गाडी निकाल्ने प्रयास भइरहेको डीएसपी भुसालले बताए । प्रहरीका अनुसार गाडीका केही पार्टपुर्जा र १ जनाको शव फेला परेको छ भने अन्यको खोजीकार्य सुरु गरिएको छ । शनिबार साँझ परेको भीषण वर्षाका कारण उक्त खोलामा बाढी आएको हो । सडकमा पुल नभई कजवे पार गर्ने क्रममा जीप बगाएको हो ।

गाडीमा पोखराको एक ब्यवसायिक प्रतिस्थानमा काम गर्ने कास्कीका एक जना, रुपन्देहीका एक जना र ठेगाना नखुलेको अर्का एकजना सवार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ८ : १९ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११