२५ मंसिर २०८०, सोमबार | December 11, 2023

बाढीले जीप बगाउँदा पर्वतमा तीन यात्रु बेपत्ता



पर्वत । पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादी खोलामा आएको बाढीले पोखरा–बागलुङ सडकमा गुडिरहेको जीप बगाउँदा तीन यात्रु बेपत्ता भएका छन् ।

बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग१ज ६२१३ नम्बरको जीप साँझ ६ः३० बजेतिर बाढीले बगाउँदा तीन पुरुषसहित गाडीसमेत बेपत्ता भएको हो । चार जना सवार उक्त जीपमा ड्राइभर भने हामफालेर बाँच्न सफल भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी प्रमुख खुमलाल भुसालका अनुसार जीप र हराइरहेका यात्रुको खोजी कार्य भइरहेको छ ।

घटनास्थलमा बाढीले जीपलाई पुरेको र अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खनेर गाडी निकाल्ने प्रयास भइरहेको डीएसपी भुसालले बताए । प्रहरीका अनुसार गाडीका केही पार्टपुर्जा र १ जनाको शव फेला परेको छ भने अन्यको खोजीकार्य सुरु गरिएको छ । शनिबार साँझ परेको भीषण वर्षाका कारण उक्त खोलामा बाढी आएको हो । सडकमा पुल नभई कजवे पार गर्ने क्रममा जीप बगाएको हो ।

गाडीमा पोखराको एक ब्यवसायिक प्रतिस्थानमा काम गर्ने कास्कीका एक जना, रुपन्देहीका एक जना र ठेगाना नखुलेको अर्का एकजना सवार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ८ : १९ बजे

संघीय संसदका महासचिव भरतराज गौतमले दिए राजीनामा

काठमाडौं। संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा

प्रि–ओपन सेसनमा नेप्से सूचक २५.५५ अंकले बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से

अन्तर्राष्ट्रिय उडान नभएसम्म गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालीन धर्ना

भैरहवा। रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरुले गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन

यसरी फेरियो पुम्दीकोटको परिचय

कास्की । पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको

‘चिनजानकै व्यक्तिबाट महिला हिंसा’

काठमाडौं । लैङ्गिक हिंसा अन्त्य गर्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका