२१ मंसिर २०८२, आइतबार | December 8, 2025

सडक सौन्दर्यकरण गर्ने देवदह नगरपालिकाको अभियानमा स्थानीयको साथ



देवदह । रुपन्देहीको देवदह नगरपालिकाले हरियाली सहितको सडक सौन्दर्यकरण अभियानको सुरुवात गरेको छ।

तिलोत्तमा नगरपालिका र देवदह नगरपालिका बिचको सिमाना ऐतिहासिक रोहिणी नदिबाट शितलनगरसम्म बुद्ध सर्किट अर्थात् (बुद्ध मार्गमा) हरियाली सहितको सडक सौन्दर्यकरण अभियानको सुरुवात गरिएको हो।

सडक सौन्दर्यकरण अभियान अन्तर्गत बृक्षारोपण कार्यक्रममा सरिक हुँदै देवदह नगरपालिकाका उपप्रमुख विद्या लक्ष्मी गुरुङले देवदह आफैमा ऎतिहासिक, धार्मिक र पर्यटकीय स्थल भएकोले हरित सडक संगै देवदहको प्रचारप्रसार, प्रवर्द्धन र सफा सुन्दर र समृद्द नगर बनाउने उद्देश्य सहित नगरपालिकाले सडक सौन्दर्यकरण अभियानको सुरुवात गरिएको बताइन् ।

नगर उप प्रमुख गुरुङले सडक सौन्दर्यकरण कार्यक्रमलाई अभियानको रूपमा संचालन गरिने र रोपिएका विरुवा संरक्षण गर्न स्थानीयको महत्वपूर्ण भूमिका रहने भएकोले सफा र सुन्दर देवदह नगर बनाउने अभियानमा साथ र सहकार्य गर्न स्थानीयलाई आग्रह गरेकी छन् ।

प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले कुनै तामझाम र औपचारिक कार्यक्रम नगरी थोरै खर्चमा पनि धेरै कार्य गर्न सकिने बताउंदै ुलो कस्ट, नो कस्टु भन्ने मान्यतालई प्राथमिकता दिएर खर्च कम काम धरै गर्ने उद्देश्य सहित सडक सौन्दर्यकरण अभियानको सुरुवात गरिएको बताए।

अभियानको पहिलो चरणमा विरेन्द्र फुल, गुल मोहर, कपुर, लगायत गरि एक हजार भन्दा बढी विरुवा रोपिएको देवदह नगरपालिकाका नगर प्रबक्ता गणेश डुम्रेले जानकारी दिए । रोहिणी नदि पुल बाट सुरु भएको सौन्दर्यकरण अभियान ऎतिहासिक स्थल भवानीपुर, वैरिमाई,कन्यामाई हुँदै शितलनगर सम्म पुर्याइने प्रबक्ता डुम्रेले बताए।

कार्यक्रममा देवदह नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष यज्ञ प्रसाद अर्यालले सडक छेउमा रोपिएका विरुवा संमक्षण गर्नु स्थानीयको प्रमुख दायित्व रहेको बताए ।

कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष दमननाथ रेग्मी, ६ का वडा अध्यक्ष खेम बहादुर थापा, ८ का वडा अध्यक्ष हरि पाण्डे,कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी, नगर प्रहरी, टोल बिकास संस्थाका पदाधिकारी, र स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  १० : २३ बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब