१० चैत्र २०८२, मंगलबार | March 24, 2026

सडक सौन्दर्यकरण गर्ने देवदह नगरपालिकाको अभियानमा स्थानीयको साथ



देवदह । रुपन्देहीको देवदह नगरपालिकाले हरियाली सहितको सडक सौन्दर्यकरण अभियानको सुरुवात गरेको छ।

तिलोत्तमा नगरपालिका र देवदह नगरपालिका बिचको सिमाना ऐतिहासिक रोहिणी नदिबाट शितलनगरसम्म बुद्ध सर्किट अर्थात् (बुद्ध मार्गमा) हरियाली सहितको सडक सौन्दर्यकरण अभियानको सुरुवात गरिएको हो।

सडक सौन्दर्यकरण अभियान अन्तर्गत बृक्षारोपण कार्यक्रममा सरिक हुँदै देवदह नगरपालिकाका उपप्रमुख विद्या लक्ष्मी गुरुङले देवदह आफैमा ऎतिहासिक, धार्मिक र पर्यटकीय स्थल भएकोले हरित सडक संगै देवदहको प्रचारप्रसार, प्रवर्द्धन र सफा सुन्दर र समृद्द नगर बनाउने उद्देश्य सहित नगरपालिकाले सडक सौन्दर्यकरण अभियानको सुरुवात गरिएको बताइन् ।

नगर उप प्रमुख गुरुङले सडक सौन्दर्यकरण कार्यक्रमलाई अभियानको रूपमा संचालन गरिने र रोपिएका विरुवा संरक्षण गर्न स्थानीयको महत्वपूर्ण भूमिका रहने भएकोले सफा र सुन्दर देवदह नगर बनाउने अभियानमा साथ र सहकार्य गर्न स्थानीयलाई आग्रह गरेकी छन् ।

प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले कुनै तामझाम र औपचारिक कार्यक्रम नगरी थोरै खर्चमा पनि धेरै कार्य गर्न सकिने बताउंदै ुलो कस्ट, नो कस्टु भन्ने मान्यतालई प्राथमिकता दिएर खर्च कम काम धरै गर्ने उद्देश्य सहित सडक सौन्दर्यकरण अभियानको सुरुवात गरिएको बताए।

अभियानको पहिलो चरणमा विरेन्द्र फुल, गुल मोहर, कपुर, लगायत गरि एक हजार भन्दा बढी विरुवा रोपिएको देवदह नगरपालिकाका नगर प्रबक्ता गणेश डुम्रेले जानकारी दिए । रोहिणी नदि पुल बाट सुरु भएको सौन्दर्यकरण अभियान ऎतिहासिक स्थल भवानीपुर, वैरिमाई,कन्यामाई हुँदै शितलनगर सम्म पुर्याइने प्रबक्ता डुम्रेले बताए।

कार्यक्रममा देवदह नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष यज्ञ प्रसाद अर्यालले सडक छेउमा रोपिएका विरुवा संमक्षण गर्नु स्थानीयको प्रमुख दायित्व रहेको बताए ।

कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष दमननाथ रेग्मी, ६ का वडा अध्यक्ष खेम बहादुर थापा, ८ का वडा अध्यक्ष हरि पाण्डे,कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी, नगर प्रहरी, टोल बिकास संस्थाका पदाधिकारी, र स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  १० : २३ बजे

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि

हवाई उद्धारमा बिरामीको व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन

काठमाडौं । हेलिकप्टरमार्फत उद्धार गर्दा गम्भीर अवस्थाका बिरामीको सुरक्षित व्यवस्थापन

हतार वा हताशमा होइन, जवाफदेहिताका आधारमा राजीनामा दिएको हुँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हतार वा

संविधानसभापछि सिंहदरबार फर्कंदै संसद्

काठमाडौं । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर

भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्टस्

काठमाडौं । भाटभटेनी सुपरमार्केट तथा जापानी कस्मेटीक उत्पादक होमाबीच जापानी