१६ बैशाख २०८१, आइतबार | April 28, 2024

उदण्ड शैलीमा कांग्रेसका जनप्रतिनिधिद्वारा तोडफोड गर्दै मेयर र हाकिमको कार्यकक्षमा तालबन्दी

प्रहरीले बोकेको टियर ग्याँसको हतियार समेत खोस्ने प्रयास



बुटवल । रूपन्देहीको देवदहमा नेपाली कांग्रेसका जनप्रतिनिधिले अराजक शैलीमा नगरप्रमुख ध्रुव खरेल र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

सोमबार बिहान हुल दंगा गर्दै नगरपालिका गएर प्रमुख प्रशासकीय अधिकृत सापकोटाको कार्यकक्षमा प्रवेश गरी उनलाई हातपातको प्रयास गर्दै नाम प्लेट र टेबुल, सिसा फुटालेर फाले । सापकोटा आफ्नो कार्यकक्षमै बसेर काम गरिरहेका थिए । उनलाई जवरजस्ती बाहिर निकाल्न खोजेपछि प्रहरी र नगर प्रहरी सापकोटालाई पहरा दिएर बाहिर निकालेपछि हातपातबाट बचेका थिए । उनीहरुले नेपाल प्रहरीले बोकेको टियर ग्याँसको हतियार खोस्ने प्रयास समेत गरेका थिए ।

मेयर खरेल र सापकोटा विरूद्व नाराबाजी गर्दै दुवै जनाको कार्यक्षमा तालबन्दी गरेपछि अवस्था तनाबग्रस्त समेत बन्न पुगेको थियो । उनीहरुले प्रहरीले बोकेको टियर ग्याँसको हतियार खोस्ने प्रयास समेत गरेका थिए ।

आफ्नो काम लिएर कार्यालय पुगेका सेवाग्राहीले समेत जनप्रतिनिधिको क्रियाकलापलाई गैरजिम्मेवार, अलोकतान्त्रिक र अराजक चरित्र भनेका छन् । बहुमत र एकपक्षी ढंगबाट मेयर र हाकिम अघि बढेको आरोप लगाउँदै उनीहरू अराजक शैलीमा तालाबन्दी गरेका थिए । मेयर आफ्नो क्षेत्राधिकार र नीतिगत निर्णय गरी नगर खेलकूद विकास समितिमा कमल पाण्डेलाई नियुक्त गरेपछि कांग्रेसले एमाले बाहेक अन्य पार्टीले खेलकूद समितिको नेतृत्व दिनुपर्ने भन्दै विवाद सृजना गरेका थिए ।

वडा नम्बर-४ का वडा अध्यक्ष दमननाथ रेग्मीले मेयर र हाकिमको शैली पक्षपात पूर्ण भएपछि बाध्य भएर ताबन्दी गर्नुपरेको दावी गरे । ‘वडाअध्यक्ष र केही जनप्रतिनिधिको असहमति हुँदा हुँदै प्रमुख प्रशासकीय अधिकृतले सबैलाई मिलाएर लैजानुपर्ने ठाउँमा नगर प्रमुख र उपप्रमुख, वडा अध्यक्ष कार्यपालिका सदस्यहरुबीच द्वन्द्व सृजना गराए कोरम नपुग्दा नपुग्दै घर घरमा गएर हस्ताक्षर गराए नगरसभा सञ्चालन गरिएपछि आफूहरू बाध्य भएर आन्दोलित हुनुपरेको हो’ रेग्मीले भने ।

देवदहमा नेकपा एमालेबाट मेयर उपमेयर एमालेबाट निर्वाचित हुन् । तालाबन्दीले नगरको कामकाज प्रभावित हुँदा सेवाग्राही अफ्टयारोमा परेका छन् । ७ जना वडा अध्यक्ष सहित २२ जना जनप्रतिनिधि आन्दोलित भएका छन् । मेयर खरेलले जनप्रतिनिधि नैं पालिकाका मेयर र हाकिमको कार्यकक्षमा तोडफोड गर्दै तालाबन्दी गर्ने कार्य सह्य नुहने बताए । ‘पटक पटक छलफल गरियो । कांग्रेसका नेतासँग छफलफल गरियो । मुढेबलले हुने भए मेयर हाकिम किन चाहियो ? हामी अधिकार क्षेत्रबाहिर गएर काम गरेको भए म सजाए भोग्न तयार छौं । यस्तो कार्य स्वीकार्य छैन ।’ ‘आफूले भनेको मान्छे बनाउनु पाइएन । नगरप्रमुखको क्षेत्राधिकार भित्रको काम जवरजस्ती काम गर्न नदिने वातावरण सृजना भएपछि बाध्य भएर खेलकूद विकास समिति गठन गरिएको हो । भएको निणय तलमाथि हुँदैन ।’ मेयर खरेलले थपे ।

एमाले नगर इन्चार्ज यम रानाले वडाअध्यक्ष, र कार्यपालिका सदस्यले अत्यन्त अभद्र र उदण्ड शैलीमा गरेको तालाबन्दी र तोडफोड सार्वभौमसत्ता र जनताबाट निर्वाचित जनप्रनिधिमाथिको आक्रमण भएको बताए । रानाले देवदहमा कांग्रेसले अफ्टयारो झिक्ने बाहेक अरु काम नगरेको बताए । आन्दोलित जनप्रतिनिधिले नदीजन्य पद्धार्थ चोरी तस्करीका टेम्टर जेसीबी कारवाही गर्नुको साटो मिलेमतोमा छाडिएको, शिक्षक कर्मचारी नियुक्ती पारदर्शी नभएको, कार्यपालिकाको निर्णय बिना नगर प्रमुखले तोक आदेशको भरमा विभिन्न शिर्षकमा रकम बाडेको आरोप लगाएका छन् ।

आजै देवदह नगरपालिकाले एक बिज्ञप्ति प्रकाशित गर्दै देवदह नगरपालिका बडा नं. १० का वडा अध्यक्ष एक बहादुर सुनार र ९ नम्बरका अध्यक्ष मोहन जि.सी.को नेतृत्वमा नेपाली काङ्ग्रेसबाट निर्वाचित वडा अध्यक्षहरु, नगरसभा सदस्यहरु लगाएतका देवदह नगरपालिकामा प्रेस बिज्ञप्ती जारी गर्ने नाममा पदिय मर्यादा विपरित नियोजित रुपमा प्रवेश गरि अपराधीक घटाएको प्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘निर्वाचित जनप्रतिनिधिले अनुशासित र मर्यादित रुपमा असहमतिका विषयहरु राखुपर्नेमा अराजक शैलिमा प्रमुख प्रशा अधिकृत श्री कृष्ण प्रसाद सापकोटामाथि फौजदारी अपराध संहिताले वर्जित गरेका कार्यहरु गर्ने, पटक(पटक धम्काउने, अपमान गर्ने, प्रमुख प्रशासकिय अधिकृतको कक्षमा अराजक शैलिमा प्रवेश गरि सार्वजनिक रुपमा तोडफोड गर्ने, हातपात गर्ने, हुलहुज्जत गर्ने लगायतका अपराधीक उपद्र कार्यप्रती देवदह नगरपालिका परिवार भत्सर्ना गर्दछौ।’ बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

देवदह बासिको समृद्धको सपनालाइ सार्थक बनाउन भर्खर मात्रै देवदहको प्रशासकिय नेतृत्व सम्हाल्न आउनु भएका प्रमुख प्रशासकिय अधिकृतको काम गर्ने, योजना कार्यन्वयन गर्ने नविनतम शैली, बिगत लामो समय देखि थाती र देवदहका महत्त्वपूर्ण कार्यहरु जस्तै कोशेलीघर संचालन कार्यबिधी निर्माण गरि संचालन योजना अगाडी सार्नु, अव्यवस्थित घरजग्गाको अभिलेखिकरण, कर सहभागीता अभियान, श्रोतमै फोहोर वर्गीकरण अभियान, स्थानीय जनतालाई प्रत्यक्ष रुपमा स्थानीय सरकारको अनुभुती सहितको एकीकृत घुम्ती सेवा अभियान मार्फत सबै जनता माझ पुग्नेगरि कार्यक्रम ल्याउनु, आर्थिक बर्षको चैत मसान्तसम्म योजनाको काम सम्पन्न गर्ने गरि उपभोक्तालाई प्रशिक्षण, अभिमुखिकरण, वडा कार्यलय, टोल विकास संस्था, स्थानीय समुदायलाई परिचालन गरि आन्तरिक आय तथा विकास निर्माणको गतिला प्रभावकारी बनाउन उत्प्रेरित गर्ने, सार्वजनिक जवाफदेहीता र शुसासन सहित नगरपालिकाकाको कामलाई पारदर्शी जनताका चासो गुनासोलाइ सम्बोधन गर्ने गरि सार्वजनिक सुनुवाइ, शाखा एवं वडागत रुपमा समिक्षा गर्ने, आगामी आर्थिक बर्षमा नगरपालिकाको कार्य सम्पादन (लिजा) मा उत्कृष्टता हासिल गर्ने गरि प्रतिज्ञा एवं योजना अगाडी ल्याउदै गर्दा प्रमुख प्रशासकिय अधिकृत र नगरपालिका सबै कर्मचारीलाई हतोत्साहित गर्ने गरि कार्य भएको बिज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ६ : ४२ बजे

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क

दोश्रो कान्छीबजार साँस्कृतिक मेला यही बैशाख २० गते देखि हुदैं

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा दोश्रो सांस्कृतिक मेला-२०८१ हुने भएको

न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक : सर्वोच्च बार

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश