१२ श्रावण २०८१, शनिबार | July 27, 2024

देवदह नगरपालिका कार्यालयमा तनाव



देवदह । देवदह नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाको कार्यकक्षमा ताला लगाउन पुगेका कांग्रेस र राप्रपाका कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप भएको छ । कार्यकक्षमा ताला लगाउन प्रयास गर्ने र त्यसलाई रोक्ने सुरक्षाकर्मीबीच घम्साघम्सी भएको हो ।

कांग्रेस र राप्रपाका जनप्रतिनिधि सहित नगरपालिका पुगेका कार्यकर्ताहरुले नेपाल प्रहरीले बोकेको टियर ग्याँसको हतियार खोस्ने प्रयास गरेपछि थप तनाव बढेको छ । अहिलेपनि मल्लयुद्ध जारी रहेको छ । प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाउने प्रयास जारी छ भने सुरक्षाकर्मीले छेक्ने प्रयास पनि जारी रहेको छ ।

नगरपालिका पुगेका कार्यकर्ताहरुले पौष १७ गतेको कार्यपालिका बैठकमा प्रस्तावित विषयहरुमाथि सहमति नजुटेपछि १२ वडाका वडाध्यक्ष मध्ये ७ वटा वडाका वडाध्यक्षहरु र १ जना कार्यपालिका सदस्य सहित ५ जन कार्यपालिका सदस्यले कार्यपालिका बैठकमा नट अफ डिसेन्ट लेखेको तर बहुमतीय दम्भ देखाएर असहमति दर्ज नगरिएको बताएका छन् ।

देवदहमा पौष १७ यता कांग्रेस र राप्रपाका जनप्रतिनिधिहरुले एक पक्षीय निर्णयमा सहभागी नहुने र नगरप्रमुख ध्रुब खरेल, उपप्रमुख बिद्या लक्ष्मी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा सहभागी हुने नगरपालिकाका कार्यक्रमहरु बहिष्कार तथा कार्यपालिका बैठक बहिष्कार गर्ने दबावमूलक अभियानमा गरिरहेको पनि जनाएका छन् ।

तालाबन्दी गर्न पुगेका जनप्रतिनिधिहरुले प्रकाशन गरेको विज्ञप्तिमा नगर प्रमुख, उपप्रमुख सम्बोधित कोष तोक आदेशका भरमा योजना सम्झौता गरि भक्तानी समेत गरीएको आरोप लगाइएको छ । विज्ञप्तिमा नगर प्रमख कोष देखि आफनो कुल मन्दिरमा रकम विनियोजन गरी वडा न.९ को कार्यालयको सिफारिस बिना रकम निकाशा गरीएको, वडा नं ८ मा नदिजन्य पदार्थ चोरी तस्करी गरिएको अवस्थामा जिल्ला प्रशासन कार्यालयले ट्रक्टर, जे.सि.भि स्वंय पक्राउ गरि खैरेनी चौकीलाई बुझाई देवदह नगरपालिकालाई कारवाहीको लागि पठाएको पत्र नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृत मिलेमतोमा विना राजश्व छाडीएको आरोप लगाइएको छ ।

तालाबन्दी गर्न नगरपालिका पुग्ने जनप्रतिनिधिहरुमा एक बहादुर सुनार, वडा नं १०, पज प्रसाद अर्याल बडा अध्यक्ष वडा नं. ३, मोहन बहादुर जि.सि. वडा अध्यक्ष वडा नं. ९, हेग बहादुर सारु, वडा अध्यक्ष वडा नं. १२, दिपक नेपाल बडा अध्यक्ष वडा नं, ६, दमननाथ रेग्मी वडा अध्यक्ष वडा नं. ४, दूध नाथ यादव बडा अध्यक्ष वडा नं. ११ रहेका छन् ।

त्यसैगरी बोम बहादुर परियार, कार्यपालिका सदस्य, अमर लामिछाने नगर सभा सदस्य, बम कुमारी थापा, नगर सभा सदस्य, अम्रिका प्रसाद चौधरी, नगर सभा सदस्य र मेघनाथ न्यौपाने, नगर सभा सदस्य पनि ताला लगाउन पालिका पुगेका छन् ।

नगरसभा सदस्य दुल प्रसाद चौधरी, रेनुका आले मगर, बाल मोहन यादव, आविद अलि, असरुन निसा, लक्ष्मी देवी वि.क., मंगल चौधरी, कृष्ण माया राना, बमकान्त गौडेल र होस राज न्यौपाने पनि ताला लगाउन नगरपालिका पुगेका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  १२ : १९ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान