१३ पुस २०८२, आइतबार | December 28, 2025

राजसंस्था सहितको प्रजातन्त्र र हिन्दु राष्ट्रका लागि तेश्रो जनआन्दोलन : कमल थापा



विरगंज । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजसंस्था सहितको प्रजातन्त्र र सनातन हिन्दु अधिराज्य ल्याउनका लागि तेश्रो जनआन्दोलन शुरु गरेको बताएका छन ।

आईतबार विरगंजमा आयोजना गरेको आमसभामा बोल्दै राप्रपा नेपालका अध्यक्ष थापाले संघीय गणतन्त्रको नाममा कायम रहेको भ्रष्ट व्यावस्था र शासकहरुबाट मुक्तिको लागि विकल्पमा राजा सहितको प्रजातान्त्रिक व्यावस्था ल्याउन आन्दोलन शुरु गरेको बताएका हुन ।

राजसंस्था, हिन्दु राष्ट्र ल्याउन र जनताले चुनेको प्रधानमन्त्रीबाट देशको आर्थिक समृद्धि गर्ने राप्रपा नेपालको मुख्य उद्देश्य रहेको थापाले बताएका छन ।  राष्ट्रियता र एकताको प्रतीकको रुपमा राजसंस्थालाई कायम राख्न सक्यौं भने यो देशको अस्तित्व शान्ति र आर्थिक समृद्धि सुनिश्चित हुने भएकोले राजालाई पनि ठाउँ दिनुपर्छ भन्ने माग गर्नु परेको पनि उनको भनाइ छ ।

राजादेखि माओवादीदेखि सबै अटाउने व्यावस्था नै नेपालको आर्थिक समृद्धिको मूल आधार भएकाले कसैलाई निषेध नगरी राजसंस्था सहितको प्रजातन्त्र ल्याउन सम्भव भएको बताए । देशको भूराजनीतिक अवस्था, धार्मिक सांस्कृतिक परिवेशले पनि राजनीति भन्दामाथि एउटा संस्था आवश्यक हुन्छ भन्ने विगत १७-१८ बर्षको राजनीतिक व्यावस्थाले आवश्यकता औल्याएकोले अब राजसंस्था र हिन्दु राष्ट्र स्थापना गरि राजासहितको प्रजातन्त्रको पुर्नस्थापना गर्नुपर्ने उनको जिकिर छ ।

गणतन्त्र स्थापनापछि बनेका तीनवटै राष्ट्रपति राष्ट्रको पति हुन नसकेको तर्क गर्दै थापाले पार्टीको राष्ट्रपति होईन, देश र जनताको राष्ट्र प्रमुखको आवश्यकता भएकोले राजसंस्थालाई पुर्नस्थापना हुनुपर्छ भन्ने मान्यता लिएर आएको बताए । प्रधानमन्त्री बनाउँदा र हटाउँदा विदेशीको इशारामा बन्ने गरेको दृष्टान्त प्रस्तुत गर्दै थापाले जनताले देशको प्रधानमन्त्री जस्तो नलागेको दावी गरेका छन ।

अबको व्यावस्था राजा अभिभावक र जनताले आफैले भोट हालेर जिताएको प्रधानमन्त्री चाहिएकोले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनु पर्ने थापाको भनाई थियो । सरकार आफै तस्करी र भ्रष्टाचारीमा लागेको बताउदै यसको अन्त्य गर्न यो सरकारले नसक्ने ठोकुवासमेत गरेका छन । राजनीतिक नेताहरुको अकर्मण्यताले गर्दा लाखौ युवाहरु विदेश पलायन हुन बाध्य भएको उनको भनाइ छ ।

राप्रपा नेपाल पर्साका अध्यक्ष नरेश साहको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष राजिव पराजुली, उपाध्यक्ष तारानाथ लुईटेल, वरिष्ठ नेता बिष्णु भट्टराई महामन्त्री राजाराम बर्तौला ,शम्भु चौरशिया लगायतले बोलेका थिए ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ७ : १६ बजे

जेनजी आन्दोलनका सहिद ‘परिवारको मियो उखेलियो, अब केले सान्त्वना होला ?

काठमाडौं । “हाम्रो परिवारको मियो नै उखेलियो,” जेनजी आन्दोलनका सहिद

रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरू

रसुवा । छ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत

चिसोले महोत्तरीका विद्यालय बन्द

जलेश्वर । अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको

ठमेलको क्यासिनो वाल्डोका अध्यक्ष पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष

सर्वपक्षीय बैठकपछि निर्वाचनको माहोल बनेको छ : सञ्चारमन्त्री खरेल

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक पार्टी,