४ पुस २०८२, शुक्रबार | December 20, 2025

स्वास्थ्यमन्त्री बस्नेत खजुरा क्यान्सर अस्पतालमा, ८ बजेबाट ओपीडी संचालन गर्न निर्देशन



खजुरा । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले बाँकेको खजुरा स्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालको निरिक्षण तथा अवलोकन गरेका छन् । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजु खनाल सहित आज अपरान्ह स्वास्थ्यमन्त्री बस्नेत क्यान्सर अस्पताल पुगेका थिए ।

अवलोकनकै अवसरमा मन्त्री बस्नेतले अस्पतालले हालै सुरु गरेको बालक्यान्सर वार्ड र पोष्ट अपरेशन वार्डको उदघाटन गरे । उदघाटन पछि आयोजित स्वागत कार्यक्रममा बोल्दै मन्त्री खनालले अस्पतालका लागि अस्थायी दरबन्दी स्वीकृत गरिएको जानकारी दिए । उनले स्थायी दरबन्दीका लागि पूर्व तयारी भइरहेको जनाउँदै छिट्टै त्यस तर्फ निर्णय हुने आश्वासन दिए । उनले बहुप्रचारित अस्पतालमा आएको लिन्याक मेसिनको गुणस्तरका बिषयमा आफुले चासो राखेको जनाउँदै यथासिघ्र संचालनका लागि बिक्रेता कम्पनीलाई पत्राचार भइसकेको जानकारी दिए । उनले पूर्णरुपमा संचालन नहुदा सम्म भुक्तानी रोकिएको पनि बताए ।

उनले बिहान ८ बजेबाट ओपीडी संचालन गर्न अस्पताल प्रशासनलाई निर्देशन दिए । अस्पतालको स्तरोन्नतीका लागि सरकार प्रतिबद्ध रहेको पनि मन्त्री बस्नेतले बताए ।

अस्पतालको संघीय सरकारले स्वामित्व ग्रहण गरेको ८ वर्ष पुरा भएपनि शुन्य दरबन्दीमा अस्पताल संचालन हुँदै आएको छ , करार, काज र ज्यालादारी कर्मचारीबाट अस्पताल संचालन भइरहेको र चिकित्सकहरु अभ्यास गर्ने र सुगम खोज्दै जाने कार्यले अस्पतालमा समस्या देखिँदै आएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लको अध्यक्षतमा भएको स्वागत कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशन डा. निरज भट्टराईले अस्पतालको प्रगति प्रतिबेदन र समस्याहरु अवगत गराएका थिए । मन्त्री द्वयलाई प्रखर परोपकार मिसन नेपालका अध्यक्ष महेन्द्र मल्लले स्वागत गरेका थिए ।

संघीय र प्रदेश स्वास्थ्यमन्त्री द्वयले अस्पताको रेडियोलोजी विभाग, जनरल वार्ड, अपरेशन थियटरको अवलोकन गरेका थिए ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ७ : ३३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको