२२ माघ २०८२, बिहिबार | February 5, 2026

स्वास्थ्यमन्त्री बस्नेत खजुरा क्यान्सर अस्पतालमा, ८ बजेबाट ओपीडी संचालन गर्न निर्देशन



खजुरा । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले बाँकेको खजुरा स्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालको निरिक्षण तथा अवलोकन गरेका छन् । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजु खनाल सहित आज अपरान्ह स्वास्थ्यमन्त्री बस्नेत क्यान्सर अस्पताल पुगेका थिए ।

अवलोकनकै अवसरमा मन्त्री बस्नेतले अस्पतालले हालै सुरु गरेको बालक्यान्सर वार्ड र पोष्ट अपरेशन वार्डको उदघाटन गरे । उदघाटन पछि आयोजित स्वागत कार्यक्रममा बोल्दै मन्त्री खनालले अस्पतालका लागि अस्थायी दरबन्दी स्वीकृत गरिएको जानकारी दिए । उनले स्थायी दरबन्दीका लागि पूर्व तयारी भइरहेको जनाउँदै छिट्टै त्यस तर्फ निर्णय हुने आश्वासन दिए । उनले बहुप्रचारित अस्पतालमा आएको लिन्याक मेसिनको गुणस्तरका बिषयमा आफुले चासो राखेको जनाउँदै यथासिघ्र संचालनका लागि बिक्रेता कम्पनीलाई पत्राचार भइसकेको जानकारी दिए । उनले पूर्णरुपमा संचालन नहुदा सम्म भुक्तानी रोकिएको पनि बताए ।

उनले बिहान ८ बजेबाट ओपीडी संचालन गर्न अस्पताल प्रशासनलाई निर्देशन दिए । अस्पतालको स्तरोन्नतीका लागि सरकार प्रतिबद्ध रहेको पनि मन्त्री बस्नेतले बताए ।

अस्पतालको संघीय सरकारले स्वामित्व ग्रहण गरेको ८ वर्ष पुरा भएपनि शुन्य दरबन्दीमा अस्पताल संचालन हुँदै आएको छ , करार, काज र ज्यालादारी कर्मचारीबाट अस्पताल संचालन भइरहेको र चिकित्सकहरु अभ्यास गर्ने र सुगम खोज्दै जाने कार्यले अस्पतालमा समस्या देखिँदै आएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लको अध्यक्षतमा भएको स्वागत कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशन डा. निरज भट्टराईले अस्पतालको प्रगति प्रतिबेदन र समस्याहरु अवगत गराएका थिए । मन्त्री द्वयलाई प्रखर परोपकार मिसन नेपालका अध्यक्ष महेन्द्र मल्लले स्वागत गरेका थिए ।

संघीय र प्रदेश स्वास्थ्यमन्त्री द्वयले अस्पताको रेडियोलोजी विभाग, जनरल वार्ड, अपरेशन थियटरको अवलोकन गरेका थिए ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ७ : ३३ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता