२० बैशाख २०८१, बिहिबार | May 2, 2024

झडपमा तीन सुरक्षाकर्मीसहित १३ घाइते, नेपालगन्जमा सेना परिचालन



नेपालगन्ज । बाँकेको नेपालगन्जमा जारी निषेधाज्ञाका क्रममा आज केही स्थानमा भएको झडपमा परेर तीन सुरक्षाकर्मीसहित १३ जना घाइते भएका छन् । उनीहरुको विभिन्न स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालय, बाँकेले प्रेस विज्ञप्ति जारी गर्दै नेपालगन्जमा शान्ति सुव्यवस्था कायम गर्नका लागि जिल्लास्थित सबै सुरक्षा निकायका सुरक्षाकर्मी प्रभावकारी एवं समन्वयात्मक रुपमा परिचालन भएको जनाएको छ । स्थानीय प्रशासनले निषेधाज्ञाका क्रममा सुरक्षाकर्मीबाट सामान्य बल प्रयोग भएको जनाउँदै स्थिति नियन्त्रणमा रहेको उल्लेख गरेको छ । अहिलेको परिस्थितिमा जिल्लाका सबै राजनीतिक दल, नागरिक समाजलगायत आम नागरिकबाट सामाजिक सदभाव र शान्ति कायम गर्न महत्वपूर्ण भूमिकाको स्थानीय प्रसासनले अपेक्षा गरेको छ । विज्ञप्तिमा उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले स्थानीय प्रशासन ऐनको दफा ६ (२) बमोजिम नेपाली सेनाको सहयोग लिएकोसमेत जानकारी दिए । जिल्ला प्रशासन कार्यालय, बाँकेले आज दिउँसो १ बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालयले कर्फ्युको समयमा प्रहरी वा प्रशासनको आवश्यक परेमा वा अत्यावश्यक कामका लागि निस्कनु परेमा प्रशासनको ९८५८०२०१८८ वा प्रहरीको १०० र ९८५८०२३९२२ वा टोल फ्री नम्बर १११४ मा सम्पर्क गर्न आग्रह गरेको छ । प्रशासनले दङ्गा वा शान्ति सुरक्षामा खलल पु¥याउने कुने सूचना भएपनि सोही नम्बरमा जानकारी गराईदिन समेत सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  १० : ०२ बजे

पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता : चार पालिका विजयी

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको पालिकास्तरीय दोस्रो

प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ

गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर

अल नासर किङ कपको फाइनलमा, अल हिलालसँग भिड्ने

काठमाडौं । अल नासर साउदी किङ कपको फाइनलमा पुगेको छ