२२ माघ २०८२, बिहिबार | February 5, 2026

नेपालगन्जमा कर्फ्यु आदेश कायम, कार्यान्वयन फितलो हुँदा सर्वसाधारण सडकमा



नेपालगन्ज । अनिश्तिकालिन कर्फ्युको घोषणा गरिएपछि बाहिरी आवरणमा नेपालगन्जको अवस्था शान्त जस्तो देखिएपनि त्रास भने कायम रहेको छ । कर्फ्युलाई स्थानीयले नबुझ्दा नेपालगन्जमा बिहानै देखि केही पसलहरु खोल्ने र सडकमा सर्वसाधारण सडकमा निस्केको देखिएको छ । नेपालगन्जका मुख्य दङ्गाग्रस्त क्षेत्र बाहेकका क्षेत्रमा कडाई नगरिँदा मासु र किराना पसलहरु खुल्न थालेको स्थानीयले बताएका छन् ।

दङ्गाग्रस्त क्षेत्रकारुपमा रहेका इदगाहारोड, सदरलाईन, त्रिभुवनचोक, फुल्टेक्रारोडमा भने प्रशासनले कडाईकासाथ कर्फ्यु कार्यान्वयनको प्रयास गरिरहेको छ । त्यस क्षेत्रमा नेपाली सेना र सशस्त्र सहित प्रहरीको बाक्लो तैनाथी गराइएको छ । धार्मिक हिंसा बढन सक्ने जोखिम बढदैं गएपछि नेपालगन्जमा मंगलबार दिउँसो १ बजेदेखि स्थानीय प्रशासनले नेपालगन्जमा अनिश्चितकालिन कर्फ्यु जारी गरेको थियो ।

मंगलबार भएको झडपमा ३ जना सुरक्षाकर्मी र १३ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । घाईतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । बाँकेमा क्रियाशिल सम्पुर्ण राजनिति दल, नागरिक समाज, उद्योग वाणिज्य संघलगायतबाट सामाजिक सद्भाव र शान्ति कायम गर्न सामाजिक सद्भाव बिग्रने गरी भ्रामक सन्देश प्रवाह नर्गन सबैलाई आग्रह गरिएको छ ।

नेपालगन्जमा एक युवाको फेसबुक स्टाटसमाथिको कमेन्टको विषयलाई लिएर विवाद बढदैं गएपछि हिन्दु र मुस्लिम युवाहरुबिच विवाद उत्पन्न भएको थियो । गत आम निर्वाचन देखि नै नेपालगन्जमा साम्प्रदायिक दङ्गाको प्रयास गरिएपनि दलहरुको संयमता र नागरिक समाजको प्रयासमा त्यस प्रयासलाई असफल बनाइएको स्थानीयको भनाई छ । नेपालगन्जलाई अशान्त बनाउन बजारमा अपरिचित देखिने गेरुबस्त्रधारी र हरियो फेटाधारीहरुको उपस्थिती देखिएको विश्लेषक नरेन्द्रजङ्ग पिटर बताउँछन् । राज्यको खुफिया एजेन्सी कमजोर हुँदा नेपालगन्जमा घटना भएको विश्लेषकहरुको भनाई छ ।

सामाजिक संजालमा एक हिन्दु युवाको नाममा रहेको फेसबुक आइडीबाट मुस्लिम समुदायलाई लक्षित गरेर लेखिएको स्टाटस कमेन्टको विषयलाई लिएर विवाद उत्पन्न भएको हो । यद्देपी पहिलो कमेन्ट पोष्ट गर्ने ती युवाले फेसबुककै माध्यमबाट सार्वजनिक क्षमायाचना गरिसकेका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आर्चायले एक विज्ञप्ती जारी गर्दै नेपालगन्ज नगरसँग जोडिएको पुर्वमा राप्ती नदि पुल, पश्चिममा खजुुरा रोड इन्द्रपुर जाने बाटो, उत्तरमा राझा चोक र दक्षिणमा जमुनाहा नाका क्षेत्रमा कर्फ्यु लगाएको जानकारी गराएका छन् ।

उक्त स्थानमा स्थानीय प्रशासनले कुनै पनि भेला, सभा समारोह, जुलुस, ¥याली, हुल हुज्जत र अत्यावश्यक काममा बाहेक हिडडुलमा रोक लगाएको भएपनि स्थानीयलाई कर्फ्युको बारेमा कम जानकारी हुँदा कार्यान्वयन गर्न असहज भएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क)(१)(३) बमोजिम जारी गरिएको कर्फ्युको उल्लघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कानुन बमोजिम कारबाही गर्न सक्ने प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ९ : ४० बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता