२९ मंसिर २०८२, सोमबार | December 15, 2025

नेपालगन्जमा सर्वदलीय/सर्वपक्षीय बैठक सुरु



नेपालगन्ज । नेपालगन्जमा शान्ति र सदभाव कायम गर्ने प्रयास स्वरुप जिल्ला प्रसाशन कार्यालय बाँकेमा सर्वपक्षीय र सर्वदलीय बैठक सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी विपीन आचार्यको आह्वानमा जिल्ला प्रशासन कार्यालयमा बैठक बसेको हो ।

बैठकमा लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष पाण्डे, बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य डा. धवलसम्शेर राणा, प्रदेशसभा सभा सदस्य कृष्णा केसी नमुना, पूर्वमन्त्री मोहम्मद इस्तियाक राइ, नेपाल प्रहरीका प्रदेश प्रमुख डीआईजी उमेशराज जोशी, बाँके स्थित राजनीतिकदलका नेता, धार्मिक संघ संस्थाका अगुवाहरुको उपस्थिती रहेको छ ।

बैठकमा नेपालगन्जलाई सदभाव कायम गरेर पुरानो लयमा फर्काउने विषयमा छलफल चलेको बैठकमा सहभागी एक धार्मिक अगुवाले बताए ।

धार्मिक विवाद बढ्दै गएपछि मंगलबार दिउँसो १ बजेबाट नेपालगन्जमा जारी गरिएको कर्फ्यु आदेश कायम रहेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ४ : १८ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले