२१ मंसिर २०८२, आइतबार | December 7, 2025

सामाजिक सदभाव भड्काउने जो कोहीलाई कडा कारवाही गर्ने सर्वदलीय/सर्वपक्षिय बैठकको निर्णय



नेपालगन्ज । नेपालगन्जमा शान्ति र सदभाव कायम गर्न भन्दै बसेको सर्वपक्षीय/सर्वदलीय बैठकले समाजिक सदभाव भड्काउने, धार्मिक विद्वेष फैलाउने तथा धार्मिक आस्थामा आंच आउने क्रियाकलाप गर्ने जो कोहीलाई तत्काल कारबाही गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, बाँकेमा बसेको सर्वपक्षीय र सर्वदलीय बैठकले शान्ति सुरक्षाको वर्तमान अवस्थालाई पूर्णरुपमा सामान्य अवस्थामा ल्याउने, र नेपालगन्जमा जारी कर्फ्युलाई क्रमशः खुकुलो बनाएर पूर्णरुपमा हटाउन जिल्ला सुरक्षा समितिलाई आग्रह गर्ने निर्णय गरेको छ । बैठकमा उपस्थित सबैले अव उप्रान्त सदभाव भड्कीन नदिने सामुहिक प्रतिबद्धता जनाइएको छ । बैठकले सबै क्षेत्र, तह र तप्काको उल्लेख्य सहभागीता हुने गरि सदभाव र्याली निकाल्ने पनि निर्णय गरेको छ ।

बैठकमा लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष पाण्डे, बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य डा. धवलसम्शेर राणा, प्रदेशसभा सभा सदस्य कृष्णा केसी नमुना, पूर्वमन्त्री मोहम्मद इस्तियाक राइ, नेपाल प्रहरीका प्रदेश प्रमुख डीआईजी उमेशराज जोशी, बाँके स्थित राजनीतिकदलका नेता, धार्मिक संघ संस्थाका अगुवाहरुको उपस्थिती रहेको छ ।

धार्मिक विवाद बढ्दै गएपछि मंगलबार दिउँसो १ बजेबाट नेपालगन्जमा जारी गरिएको कर्फ्यु आदेश कायम रहेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ५ : ५० बजे

एनपीएल : चार टोली च्याम्पियन बन्ने दौडमा

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लिगको च्याम्पियन

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज

छत्रदेव-छत्रगञ्जमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ४५५ जनाले लिए सेवा

अर्घाखाँची । छत्रदेव गाउँपालिका-५ नं. वडा कार्यालयको सहकार्यमा छत्रगञ्ज-रुपन्देही सम्पर्क

मानवसेवा आश्रमका २१ जिल्लामा ३० सेवा केन्द्र

पोखरा । नेपाललाई सडकआश्रित मानवरहित राष्ट्र बनाउने उद्देश्यसहित ‘मानवता प्रवद्र्धन

बर्दिया युवती आत्महत्या प्रकरणमा गृहमन्त्रालयले बनायो छानबिन समिति

काठमाडौं। बर्दियामा नागरिकता नपाएकै कारण एक युवतीले ज्यान गुमाएको विषयमा