१० चैत्र २०८२, मंगलबार | March 24, 2026

१२ घण्टाका लागि हट्यो नेपालगन्जमा कर्फ्यु, सभा जुलुस गर्न प्रतिबन्ध



नेपालगन्ज । सामाजिक संजालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण गत १६ दिउसो १ः०० बजे देखि नेपालगन्जमा लागेको कर्फ्यु आदेश १२ घण्टाका लाहि हटाइएको छ । जिल्ला सुरक्षा समितिको निर्णयबाट उपमहानगरपालिका क्षेत्र भित्र (पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँगा चोक र दक्षिणमा जमुनाहा सीमा नाका) चार किल्ला तोकि अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरिएकोमा आज बिहान ८ बजेबाट राती ८ बजे सम्मका लागि हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

राती ८ बजेबाट भोली बिहान ६ बजे सम्म भने कर्फ्यु आदेश कायम रहने पनि जिल्ला प्रशासन कार्यालयबाट जारी सूचनामा उल्लेख छ । जिल्ला प्रशासन कार्यालयको सूचना अनुसार आज दिनभरीलाई करेफ्यु आदेश हटाएर निषेधाज्ञा जारी गरिएको छ ।

कर्फ्यु खुलेको अवस्थामा पनि पूर्वमा राप्ति नदि पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाका चार किल्ला भित्र स्थानीय प्रशासन ऐनको दफा ३(क) बमोजिम कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चा जस्ता प्रचार सामाग्री टाँस्न वा लेख्न नपाईने गरी तथा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँचजना भन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ ।

जिल्लामा समय शान्ति सुव्यवस्था कायम गर्न, सार्वजनिक सम्पतिको संरक्षण, सामाजिक सद्भाव कायम गर्न एवं मानव अधिकारको सम्मान गर्न सबैमा जिल्ला प्रशासनले आग्रह पनि गरेको छ । सार्वजनिक स्थानमा हो-हल्ला गर्ने जस्ता अवाञ्छित क्रियाकलापहरू तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कार्यहरू नगर्न नगराउन आह्वान गदै प्रशासनले सामाजिक सदभाव कायम राख्न समेत जिल्ला सुरक्षा समितिले अपिल गरेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  ८ : २९ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११