१७ माघ २०८२, शनिबार | February 1, 2026

जीवन बिमा कम्पनीहरूले २ महिनामै आर्जन गरे २९ अर्ब बढी बिमा शुल्क



काठमाडौ। जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको दुई महिना अर्थात भदौ मसान्तसम्ममा २९ अर्ब रुपैयाँ बढी बिमा शुल्क आर्जन गरेका छन् ।

नेपाल बिमा प्राधिकरणको भदौ मसान्तसम्मको तथ्यांक अनुसार २ वटा लघु जीवन बिमा कम्पनीसहित १६ वटा जीवन बिमा कम्पनीहरुले कुल २९ अर्ब १३ करोड ११ लाख ८३ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेका हुन् ।

जसमध्ये ४ अर्ब ३३ करोड ६७ लाख १९ हजार रुपैयाँ प्रथम बिमा शुल्क रहेको छ भने २४ अर्ब ७९ करोड ४४ लाख ६४ हजार नवीकरण बिमा शुल्क रहेको छ । कुल बिमा शुक्लमध्ये २ वटा लघु जीवन बिमा कम्पनीको हिस्सा १३ लाख ४५ हजार रुपैयाँ मात्र रहेको छ । यस अवधिमा नेपाल लाइफ इन्सुरेन्सले सबैभन्दा धेरै ८ अर्ब १ करोड १८ लाख रुपैयाँ बिमा शुल्क आम्दानी गरेको छ ।

त्यसपछि, राष्ट्रिय बिमा संस्थानले ३ अर्ब ५६ करोड ८५ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । यस्तै, एलआइसी नेपालले पनि ३ अर्ब माथि बिमा शुल्क आर्जन गरेको छ । भदौ महिनामा मात्रै जीवन बिमा कम्पनीहरुले ८ लाख १५ हजार ३३६ वटा बिमा लेख जारी गरेका छन् भने २ वटा लघु निर्जीवन बिमा कम्पनीले ६५१ वटा बिमा लेख जारी गरेका छन् । सबैभन्दा धेरै मेट लाइफ इन्सुरेन्सले ५ लाख ३२ हजार ३८१ वटा बिमा लेख जारी गरेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  १ : १३ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले