२३ चैत्र २०८२, सोमबार | April 7, 2026

जीवन बिमा कम्पनीहरूले २ महिनामै आर्जन गरे २९ अर्ब बढी बिमा शुल्क



काठमाडौ। जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको दुई महिना अर्थात भदौ मसान्तसम्ममा २९ अर्ब रुपैयाँ बढी बिमा शुल्क आर्जन गरेका छन् ।

नेपाल बिमा प्राधिकरणको भदौ मसान्तसम्मको तथ्यांक अनुसार २ वटा लघु जीवन बिमा कम्पनीसहित १६ वटा जीवन बिमा कम्पनीहरुले कुल २९ अर्ब १३ करोड ११ लाख ८३ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेका हुन् ।

जसमध्ये ४ अर्ब ३३ करोड ६७ लाख १९ हजार रुपैयाँ प्रथम बिमा शुल्क रहेको छ भने २४ अर्ब ७९ करोड ४४ लाख ६४ हजार नवीकरण बिमा शुल्क रहेको छ । कुल बिमा शुक्लमध्ये २ वटा लघु जीवन बिमा कम्पनीको हिस्सा १३ लाख ४५ हजार रुपैयाँ मात्र रहेको छ । यस अवधिमा नेपाल लाइफ इन्सुरेन्सले सबैभन्दा धेरै ८ अर्ब १ करोड १८ लाख रुपैयाँ बिमा शुल्क आम्दानी गरेको छ ।

त्यसपछि, राष्ट्रिय बिमा संस्थानले ३ अर्ब ५६ करोड ८५ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । यस्तै, एलआइसी नेपालले पनि ३ अर्ब माथि बिमा शुल्क आर्जन गरेको छ । भदौ महिनामा मात्रै जीवन बिमा कम्पनीहरुले ८ लाख १५ हजार ३३६ वटा बिमा लेख जारी गरेका छन् भने २ वटा लघु निर्जीवन बिमा कम्पनीले ६५१ वटा बिमा लेख जारी गरेका छन् । सबैभन्दा धेरै मेट लाइफ इन्सुरेन्सले ५ लाख ३२ हजार ३८१ वटा बिमा लेख जारी गरेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  १ : १३ बजे

बाल सुधार गृहमा रहेका बालबिज्याईकर्ताहरुलाई खेलकुद सामाग्री

नेपालगन्ज । विश्व खेलकुद दिवसको अवसरमा जयन्दू बाल सुधार गृहलाई

विशिष्ट पदाधिकारी र सरकारी कर्मचारीको इन्धन सुविधा घटाइयो

काठमाडौँ । सरकारले सार्वजनिक खर्च नियन्त्रण र इन्धन सङ्कट व्यवस्थापन

काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा वर्षा, बुधवार धेरै स्थानमा वर्षा हुने

काठमाडौँ । पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

लुम्बिनी प्रदेशका सांसदसँग प्रधानमन्त्री, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै