७ श्रावण २०८३, बिहिबार | July 23, 2026

बुटवल उद्योग वाणिज्य संघको चुनावी चहलपहल, श्रेष्ठ प्यानल पूर्व अध्यक्षहरु सहित घरदैलोमा



बुटवल । बुटवल उद्योग वाणिज्य संघको १९ औं अध्यक्ष सहितको नेतृत्व हात पार्न उम्मेदवारहरुले आफ्नो प्रचार अभियानलाई तिब्र पारेका छन् । भोलिदेखि शुरु हुने बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७० औँ वार्षिक साधारण तथा २५ औँ अधिवेशनमा नयाँ नेतृत्व आफ्नो पक्षमा पार्न उम्मेदवारहरुले प्रचार अभियानलाई तिब्र बनाएका हुन् । उनीहरुले आफ्नो पक्षमा मत माग्न ब्यवसायीहरुको पसल पसलमा पुगेका छन् ।

संघको अध्यक्षका लागि उम्मेदवार घोषणा गरेका दिनेशप्रसाद श्रेष्ठको प्यानलले आज बुटवलको मुख्य बजार क्षेत्रमा घरदैलो गरेको छ । पूर्व अध्यक्षहरु जीवन ओझा,निर्मल लाकौल ,नवराज श्रेष्ठ,अर्जुनमान सैँजू,सुरेन्द्र श्रेष्ठ,महेशमान सिंह, सुरेन्द्र श्रेष्ठ, खेम हमाल, वर्तमान अध्यक्ष उज्ज्वल कसजुको अगुवाईमा श्रेष्ठको प्यानलले आज राममन्दिर लाईन, अमरपथ, संगम पथका पसलपसल पुगेर आफ्नो प्यानलका लागि मत मागेका थिए ।

घरदैलोमा श्रेष्ठ प्यानलबाट उम्मेदवार रहेको वरिष्ठ उपाध्यक्ष टंक प्रसाद गैरे, उद्योग उपाध्यक्ष नबिन श्रेष्ठ, वाणिज्य उपाध्यक्ष विमल भट्टराई, महासचिव बाबुराम बिक, सचिव प्रतीक पोखरेल, कोषाध्यक्ष प्रकाश श्रेष्ठ, सहकोषाध्यक्ष जाकिर हुसेन लगायत सदस्यहरु सहभागी थिए ।

संघको चुनाब आगामी २२ गते हुँदैछ ।अध्यक्ष पदका उम्मेदवार दिनेश प्रसाद श्रेष्ठले बुटवल शहरलाई मुलुककै अन्य क्षेत्रिय शहर एवं बजारहरुसंग प्रतिष्पर्धी बजार बनाउने पहल गर्ने, ब्यवस्थित पार्किङको पहल गर्ने, ब्यवसायमैत्री वातावरण गराउने, उपभोक्तालाई सिमावर्ती भारतीय बजार किनमेलमा जान रोक्ने गरि जागरण ल्याउने, घरबाहाल कानुन बनाएर बहाललाई ब्यवस्थापन गर्ने, अबैध फेटपाथ ब्यापारलाई नियमन गर्ने जस्ता प्रतिबद्धता ब्यक्त गरेका छन् । उनले घरदैलोको क्रममा भेटिएका उद्योगी ब्यबसायीको साथले आफ्नो टिमको हौसला थपेको उल्लेख गरे ।

श्रेष्ठ प्यानलले ब्यावसायिक हकहित र शान्ति सुरक्षाको लागि पहल गर्ने, सामरिक, पर्यटकीय, उद्यानहरुको प्रवद्र्धन हुने गरी भूमिका खेल्ने, ब्यवसायी र घरधनीको बिचमा समन्वयात्मक भूमिका निर्वाह गर्ने, कर, राजश्व र भन्सारको समस्यालाई प्राथमिकताका साथ सम्बन्धित निकायसंग सहकार्यको पहल गर्ने, बैक र वित्तीय संस्थालाई वर्तमान आर्थिक मन्दीको अवस्थाबारे सरोकारवाला संस्थाहरुसंग समाधानको उपायबारे पैरवी गर्ने, प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्रलाई स्थापित गर्न सम्बन्धित निकायसंग पहल गर्ने पनि प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।

श्रेष्ठसंगै अध्यक्षमा संघका पूर्व वाणिज्य उपाध्यक्ष समेत रहेका हरि अर्यालले उम्मेदवारी घोषणा गरेका छन् । श्रेष्ठ प्यानलमै खुलेका बरिष्ठ उपाध्यक्ष र वाणिज्य उपाध्यक्षलाई आफ्नो प्यानलमा सहभागी बनाएर अर्याल प्यानल पनि प्रचार अभियानमा निस्केको छ । बरिष्ठ उपाध्यक्षका उम्मेदवार गैरे र वाणिज्य तर्फका उपाध्यक्ष विमल भट्टराईले आफुहरु श्रेष्ठ प्यानलको उम्मेदवार भएको स्पष्ट पारे ।

संघमा एक हजार ७ सय ७८ व्यवसायी आबद्ध छन् ।

 

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  ८ : ४३ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी