२९ मंसिर २०८२, सोमबार | December 15, 2025

एसियन गेम : अफगानिस्तानले पाकिस्तानलाई हराउँदै फाइनलमा पुग्यो



काठमाडौं । चीनको हाङझावमा जारी १९ औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट खेलमा अफगानिस्तानले पाकिस्तानलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
हाङझाउमा आज भएको दोस्रो सेमिफाइनल खेलमा अफगानिस्तानले पाकिस्तानलाई ४ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । यो जितसँगै अफगानिस्तानले फाइनलमा भारतसँगको भेट पक्का गरेको छ । आजै भएको पहिलो सेमिफाइनल खेलमा भारतले बङ्गलादेशलाई ९ विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो ।
 पाकिस्तानले अफगानिस्तानलाई जितको लागि ११६ रनको लक्ष्य दिएको थियो । जवाफमा अफगानिस्तानले १७ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । अफगानिस्तानको लागि नुर अलि जाद्रनले ३९ रनको योगदान दिए भने कप्तान गुल्बादिन नैबले अविजित २६ रनको योगदान दिए ।
पाकिस्तानका अरफत मिनहास र अस्मान कदिरले समान दुई÷दुई विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ११५ रनको योगफल बनाएको थियो । पाकिस्तानका लागि ओमैर युसुफले सर्वाधिक २४ रनको योगदान दिए भने अमेर जमलले १४ रन बनाए । त्यस्तै अरफत मिनसले १३ तथा रोहिल नजिरले १० रन बनाए ।
अफगानिस्तानका फारिद अहमदले तीन विकेट झारे भने क्विस अहमदले दुई विकेट लिए । भारत र अफगानिस्तानबीचको फाइनल खेल भोलि हुदैँछ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ४ : ४२ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती