१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिँदै



विराटनगर । संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकारको नेतृत्वमा दाबी गर्ने वातावरण बनाउन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिने भएका छन् । विश्वासको मत लिनुअघि बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री पदबाट राजीनामा दिने निर्णय गरेको हो ।

उनले प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गर्ने तयारी गरिएको एमाले स्रोतले जनाएको छ । उनले आजै विश्वासको मत लिने समय तोकिएको थियो । तर एमाले निकट कानुन ब्यवसायीहरुले उपधारा ३ अनुसार नियुक्त भएका मुख्यमन्त्रीले विश्वासको मत नपाए उपधारा ५ अनुसार नेतृत्वमा दाबी गर्न नपाउने ब्यवस्था बारे सुझाएपछि मार्गप्रसस्त गरेर धारा ५ अनुसार दाबी गर्ने वातावरण निर्माण गर्ने एमालेले योजना बनाएको बताइएको छ ।

विश्वासको मत प्राप्त हुने अवस्था नदेखेपछि उनले फरक बाटो अपनाउन थालेको स्रोतको दाबी छ । एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्रीले आजै राजीनामा दिने पुष्टि गरे ।

संविधानको धारा १६८ (५) मा उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने ब्यवस्था रहेको छ ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ३ : २२ बजे

मुख्य निकास साँघुरिँदा उपत्यकामा बढ्यो डुबानको सास्ती

काठमाडौं । अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको

आर्थिक वर्षको पहिलो दिन नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बुम

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर

पैचो पसल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण, १२ वर्षको विश्वास अब नयाँ उचाइमा

काठमाडौं। नेपाली कृषि, ग्रामीण उद्यमशीलता र स्वदेशी उत्पादनको मूल्य अभिवृद्धिलाई

सङ्घीय सांसदलाई सम्पत्ति विवरण बुझाउन आग्रह

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई कानुनबमोजिम

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनमा