२७ कार्तिक २०८२, बिहिबार | November 13, 2025

कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिँदै



विराटनगर । संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकारको नेतृत्वमा दाबी गर्ने वातावरण बनाउन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिने भएका छन् । विश्वासको मत लिनुअघि बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री पदबाट राजीनामा दिने निर्णय गरेको हो ।

उनले प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गर्ने तयारी गरिएको एमाले स्रोतले जनाएको छ । उनले आजै विश्वासको मत लिने समय तोकिएको थियो । तर एमाले निकट कानुन ब्यवसायीहरुले उपधारा ३ अनुसार नियुक्त भएका मुख्यमन्त्रीले विश्वासको मत नपाए उपधारा ५ अनुसार नेतृत्वमा दाबी गर्न नपाउने ब्यवस्था बारे सुझाएपछि मार्गप्रसस्त गरेर धारा ५ अनुसार दाबी गर्ने वातावरण निर्माण गर्ने एमालेले योजना बनाएको बताइएको छ ।

विश्वासको मत प्राप्त हुने अवस्था नदेखेपछि उनले फरक बाटो अपनाउन थालेको स्रोतको दाबी छ । एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्रीले आजै राजीनामा दिने पुष्टि गरे ।

संविधानको धारा १६८ (५) मा उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने ब्यवस्था रहेको छ ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ३ : २२ बजे

निवर्तमान प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक

काठमाडौं । कुशल सुरक्षा व्यवस्थापन गरेको भन्दै गृहमन्त्री ओमप्रसाद अर्यालबाट

भारतद्वारा घातक कार विस्फोटलाई ‘राष्ट्रविरोधी शक्तिहरूको आतङ्कवादी आक्रमण’ ठहर

श्रीनगर । भारत सरकारको मन्त्रिपरिषद्ले यस हप्ताको राजधानी नयाँदिल्लीमा भएको

प्रहरीको मनोबल बढाउँदै जनअपेक्षा पूरा गर्ने नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीको प्रतिबद्धता

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीको मनोबल

पोर्चुगलमा कामदार भिसा बन्द : ठगीधन्धाबाट बच्न अनुरोध

लिस्बन । पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा